सिंहदरबारमा नागरिकको सहज प्रवेशका लागि गृहमन्त्रीले थाले पहल « Khabarhub

सिंहदरबारमा नागरिकको सहज प्रवेशका लागि गृहमन्त्रीले थाले पहल


१६ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सिंहदरबारमा नागरिकको सहज प्रवेशका लागि गृहमन्त्री रवि लामिछानेले पहल थालेका छन् । आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर गृहमन्त्री लामिछानेले आम नागरिकलाई सिंहदरबार प्रवेश गर्न सक्ने वातावरण बनाउनेबारे छलफल गरेका हुन् ।

सिंहदरबार प्रवेशका लागि मन्त्रालयबाटै पास लिनुपर्ने व्यवस्थाका कारण आम नागरिकले हरेक दिनजसो सास्ति भोग्दै आएका छन्।

प्रधानमन्त्री प्रचण्डसँग भेटमा राहदानी, राष्ट्रिय परिचय पत्र र नागरिकता वितरणलाई सहज बनाउन गृहमन्त्रालयले विज्ञ टोलीको गठन गरेकोबारे गृहमन्त्री लामिछानेले जानकारी गराएको गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

साथै कोरोना संक्रमण बढ्न नदिन अपनाउनुपर्ने सतर्कता र चिसोबाट नागरिकलाई सुरक्षित राख्न गर्नुपर्ने तयारीका विषयमा पनि छलफल भएको बताइएको छ। कोरोना संक्रमण व्यवस्थापनका लागि सीमा क्षेत्रमा सावधानी अपनाउने, हवाई र स्थलमार्गबाट आउने पर्यटकलाई ध्यानमा राखी स्वास्थ्य डेस्क र होल्डिङ सेन्टर स्थापना गर्ने विषयमा छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ।

त्यसक्रममा गृहमन्त्री लामिछानेले देशको पछिल्लो सुरक्षा व्यवस्था र सुशासन कायम राख्ने बारेमा संक्षिप्त रिपोर्टसमेत पेश गरेका थिए। प्रधानमन्त्री प्रचण्डले नागरिकलाई सुशासन र सुरक्षाको प्रत्याभूत गराउने गरी कार्य अघि बढाउन निर्देशन दिएको बुझिएको छ।

प्रकाशित मिति : १६ पुस २०७९, शनिबार  ११ : ४२ बजे

बागमतीमा मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा– बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी

मिथिला क्षेत्रमा आज मधुश्रावणी पर्व समापन गरिँदै

महोत्तरी– मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन्

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, दुईजनाको मृत्यु

काठमाडौँ– इन्डोनेसियाको पूर्वी क्षेत्रमा पर्ने फ्लोरेस द्वीप नजिकै ७.७ म्याग्निच्युडको

शिक्षा मन्त्रालयले सातवटै प्रदेशमा शिक्षा संवाद गर्दै, पहिलो कार्यक्रम आज विराटनगरमा

काठमाडौँ– शिक्षा मन्त्रालयले प्रस्तावित शिक्षा ऐन ल्याउनुअघि सातवटै प्रदेशमा पुगेर

नेपाल आयल निगमले काठमाडौँका यी पाँच ठाउँबाट खाना पकाउने ग्यास वितरण गर्दै

काठमाडौँ– नेपाल आयल निगमले आज काठमाडौँका विभिन्न पाँच ठाउँबाट खाना