कम्बोडिया आगलागी : नेपालीको शव ल्याउन सहजीकरण गर्न प्रधानमन्त्रीको निर्देशन « Khabarhub

कम्बोडिया आगलागी : नेपालीको शव ल्याउन सहजीकरण गर्न प्रधानमन्त्रीको निर्देशन


१६ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कम्बोडियाको एक होटेलमा भएको आगलागीमा परेर ज्यान गुमाएका नेपालीको शव ल्याउन सहजीकरण गर्न मातहतका निकायलाई निर्देशन दिएका छन्।

मुख्यसचिव शंकरदास वैरागीलाई झापाका निराकर पाण्डेको शव नेपाल ल्याउन शीघ्र सहजीकरण गर्न निर्देशन दिइएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ।
बिहीबार राति भएको आगलागीमा ज्यान गुमाएका झापाका निराकर पाण्डेसहित १९ जनाको निधनप्रति दु:ख व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले परिवारप्रति गहिरो समवेदना प्रकट गरेका छन्।

कम्बोडियाको स्थानीय समयअनुसार बिहीबार राति ११ बजे आफू बसेको होटेलमा आगलागी सुरु भएपछि पाण्डेले आत्तिएर १२औं तलाबाट हाम फाल्दा मृत्यु भएको थियो। भिजिट भिसामा एक महिनाअघि कम्बोडिया गएका उनले होटेलमा आगो लागेपछि घरमा फोन गरेर परिवारका सदस्यसँग कुराकानी गरेका थिए।

प्रकाशित मिति : १६ पुस २०७९, शनिबार  १२ : ०८ बजे

विश्वकप लिग-२: नेदरल्यान्ड्सको लगातार दोस्रो जित, नामिबिया ५८ रनले पराजित

काठमाडौँ – अलराउन्डर बास डि लिडेको उत्कृष्ट ९७ रनको मद्दत

लगातार तेस्रो वर्ष एमएलएस अल-स्टार गेम गुमाउँदै मेसी

मियामी – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेसी र रोड्रिगो डि

कक्रोच विद्रोह: घुँडा टेक्न बाध्य भयो मोदी सरकार

नयाँ दिल्ली – चिकित्सा शास्त्रको स्नातक तह प्रवेश परीक्षाको प्रश्नपत्र

आजको विनिमय दर : अमेरिकी डलर कतिमा कारोबार भइरहेको छ ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल साउन १० गते आइतबार सन् २०२६