डा. अमृत थापाको कविताञ्जली लोकार्पण « Khabarhub

डा. अमृत थापाको कविताञ्जली लोकार्पण


१६ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– डा. अमृत थापाले कविताञ्जली कविता कृति बजारमा ल्याएका छन् । प्रकृति, जीवन र जागरणसँग नजिक रहेर थापाले कविता लेखेका छन् । कविताञ्जलीमा थापाका ४५ ओटा कविता सङ्ग्रहित रहेका छन् । थापाले आफ्नो बाल मनसपटलबाट निस्किएका भावनालाई सङ्‌हित गरेर राखेको र परिमार्जित गरेर कविता कृतिका रूपमा ल्याएको बताए ।

वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ रोदनले जीवनमा एक पटक जोकोहिले कविता कोर्ने भए पनि असली कविलेमात्र सङ्‍ग्रहका रूपमा बजारमा ल्याउन सक्ने बताए । ‘अमृतले विद्यार्थी जीवनमा कोरिएका भने पनि कविताको भाव उच्च छ । प्रकृति, जीवन र जागरणसँग कविता निकै नजिक छन् । कविले जीवनमा जे देखेका त्यसलाई नजिकबाट लेखेका छन्,’ उनले भने । कविता जीवन र दर्शनसँग निकै नजिक रहेको श्रेष्ठ बताउँछन् ।

उनले पछिल्लो समय कवि, साहित्यकारहरूले सिर्जनामा आदर्शका कुरा गर्ने गरेको भए पनि व्यवहारिक जीवनमा त्यो लागू नगर्ने गरेको गुनासो गरे । तर, डा. अमृतले भने जीवनमा पनि आदर्शलाई अंकालेको आफूले पाएको श्रेष्ठको भनाइ छ । अमृतको मिहिनेतले कृति सकारात्मक र सार्थक बन्न पुगेको बताउँदै उनले कविको निरन्तरताका लागि शुभवकामनासमेत व्यक्त गरेका छन् ।

यस्तै डा। चिन्तामणिनाथ योगीले आफ्नो विद्यार्थीलाई बहुआयामीक व्यक्तित्वका रूपमा पाउँदा निकै खुसी लागेको बताए । ‘म आफ्नो विद्यार्थीले लेखेको कविताका बारेमा धेरै विमर्श गर्न सक्दिनँ। किनकि मैले उनका कविता पढ्दा केवल कोमलता र सरलता पाउँछु। उच्च मानवीय पक्ष र नैतिकता पाउँछु,’ उनले भने ।

यस्तै भरतबहादुर थापाले अमृतका कविता निकै उत्कृष्ट भएको बताए । उनले कविले आफ्नै बाल्यकालीन अनुभव, अनुभूति र श्रद्धामा टेकेर कविता कोरेको बताए । कोलम्बिया विश्वविद्यालय अमेरिकाबाट शिक्षा र अर्थशास्त्रमा पिएचडी गरेका थापाले ऐश्वर्य प्रकाशन प्रालिबाट पुस्तक प्रकाशन गरेका हुन् । उनी हाल पेन्सलभेनिया विश्वविद्यालय फिलाडेल्फिया संयुक्त राज्य अमेरिकामा लेक्चररको रुपमा कार्यरत छन् ।

प्रकाशित मिति : १६ पुस २०७९, शनिबार  ६ : ३६ बजे

विश्वविद्यालयका उपकुलपतिसँग शिक्षा तथा खेलकुद मन्त्रालयको छलफल

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्रालयले केही विश्वविद्यालय ऐन संशोधनसम्बन्धी विधेयक

बागमतीमा सरकार टिकाउन तीन दलबीच नयाँ समझदारी, मन्त्रालय ८ भन्दा नबढाउने

काठमाडौं- बागमती प्रदेश सरकार सञ्चालनका लागि नेपाली कम्युनिस्ट पार्टी, नेकपा

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौं– प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू

‘सरकारको कार्यशैलीमा प्रश्न गर्न सत्तापक्षका सांसदलाई कुनै रोकतोक छैन’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्तिशिखा धितालले वरिष्ठ नेता वालेन्द्र