विद्युतीकरणका लागि डिटेल सर्भे सुरु « Khabarhub

विद्युतीकरणका लागि डिटेल सर्भे सुरु


१६ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

खोटाङ– खोटाङको ऐसेलुखर्क गाउँपालिकामा साँढे एक वर्षभित्र विद्युतीकरणको काम सक्नेगरी डिटेल सर्भे सुरु गरिएको छ । ७ वडा रहेको गाउँपालिकाका सबै उपभोक्ताको घरमा विद्युत विस्तार गर्ने योजना सहित शनिबारदेखि ठेकेदार कम्पनी सिग्माकोनले डिटेल सर्भे सुरु गरेको हो ।

ऐसेलुखर्क गाउँपालिका-१ राखाबांदेल, ऐसेलुखर्क गाउँपालिका-२ बाकाचोल र ऐसेलुखर्क गाउँपालिका-३ ऐसेलुखर्कमा ठेकेदार कम्पनीका दुईरदुई जना प्राविधिकको टोलीले सर्भे सुरु गरेको गाउँपालिकाका प्रवक्ता टेकेन्द्र राजभण्डारीले बताए । 

ऐसेलुखर्कका ७ वडामध्ये ऐसेलुखर्क गाउँपालिका-४ जलेश्वरी, राखाबांदेलबाकाचोललाई हालसम्म विद्युतले छोएको छैन । हालसम्म गाउँपालिका-७ माक्पा, ऐसेलुखर्क गाउँपालिका-५ महेश्वरी, ऐसेलुखर्क गाउँपालिका-६ ज्यामिरे र ऐसेलुखर्कबजारमा मात्र आंशिक विद्युत विस्तार भएको छ ।

बाँकी वडा र उपभोक्ताको घरमा विद्युत विस्तारका लागि शुक्रबार गाउँपालिका अध्यक्ष गिरेन्द्रबहादुर राई, नेपाल विद्युत प्राधिकरण केन्द्रीय कार्यालय, प्राधिकरणको दिक्तेल वितरण केन्द्रका प्रमुख तथा प्रतिनिधिबीचको बैठकले साँढे एक वर्षभित्र विद्युतीकरणको काम सम्पन्न गर्ने निर्णय गरेको छ ।

गाउँपालिकाका वडामध्ये माक्पामा मात्र अधिकांश उपभोक्ताको घरमा विद्युत विस्तार भएको प्रवक्ता राजभण्डारीले बताए । प्राविधिक टोलीले ट्रान्समिसनलाईनको रुट निश्चित गर्दै पोल राख्ने स्थान, लाग्ने तार, लाभान्वित हुने उपभोक्ता लगायतको बारेमा डिटेल सर्भे गर्नेछन् । 

पाँच वर्षभित्र सबै ठाउँमा विद्युत विस्तार गरिसक्ने नेपाल सरकारको योजना अनुसार हाल जिल्लाभर नै डिटेल सर्भेको काम सुरु गरिएको हो । ठेकेदार कम्पनीले १८ महिनाभित्र डिटेल सर्भे एवं विद्युतीकरणको काम सम्पन्न गर्नेगरी ठेक्का सम्झौता गरेको छ ।

केपिलासगढी गाउँपालिकामा डिटेल सर्भेको काम सम्पन्न भइसकेको नेपाल विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्रमुख विजयराज रेग्मीले बताए । विद्युतीकरणको सन्दर्भमा शनिबार हलेसी तुवाचुङ नगरपालिकामा छलफल गरिएको छ । 

प्रकाशित मिति : १६ पुस २०७९, शनिबार  ६ : ४९ बजे

एमालेले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै

काठमाडौं– नेकपा एमालेले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दैछ । यही

सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौं – बुधबार राति सर्लाहीको ईश्वरपुरमा भएको दुर्घटनामा दुई जनाको

राष्ट्र निर्माणका निम्ति एकजुट बन्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले ७६औँ प्रजातन्त्र दिवसका अवसरमा सम्पूर्ण नेपाली

उपराष्ट्रपति यादवद्वारा प्रजातन्त्र दिवसको शुभकामना

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले प्रजातन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा

एआई प्रयोग गरेर भ्रामक सूचना नदिन प्रहरीको अनुरोध

काठमाडौं – जिल्ला प्रहरी परिसर काठमाडौंले एआईको प्रयोग गरेर सामाजिक