जसपाको मन्त्री छनोटको जिम्मा राजनीतिक समितिलाई « Khabarhub

जसपाको मन्त्री छनोटको जिम्मा राजनीतिक समितिलाई


१६ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको टुङ्गो लगाउन राजनीतिक समितिलाई जिम्मेवारी दिएको छ । जसपाको आज बसेको कार्यकारिणी समितिको बैठकले सरकारमा सहभागी हुने मन्त्रीहरूको निर्णय गर्ने जिम्मा राजनीतिक समितिलाई दिएको सो पार्टीका प्रवक्ता मनिष सुमनले जानकारी दिए। जसपाले यही पुस १८ र १९ गते पार्टीको राजनीतिक समितिको बैठक बोलाएको छ ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई जसपाले समर्थन गरेको छ । ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा भएको बैठकमा निर्वाचनको समीक्षा गर्दै पार्टीको महाधिवेशन गर्नेबारे पनि विचार-विमर्श भएको जसपाले जनाएको छ । निर्वाचनको समीक्षा गर्न शिवलाल थापा नेतृत्वको तीन सदस्यीय समिति गठन गरेको छ ।

बैठकले पार्टीका तर्फबाट मधेस प्रदेशसभामा संसदीय दलको नेता चयनका लागि गठित तीन सदस्यीय समितिलाई अनुमोदन गरेको छ । लालकिशोर साहको संयोजकत्वमा गठित समितिको सदस्यमा दिनेश यादव र रवीन्द्र गिरी रहेका छन् ।

प्रकाशित मिति : १६ पुस २०७९, शनिबार  ७ : ४६ बजे

लाङटाङ हाइड्रोमा खटिएका कामदारको गुहार- १८ जना फसेका छौँ, चोटैचोट छ, उद्धार गरिदिनुस्

काठमाडौं– रसुवाको लाङटाङ हाइड्रोपावरको काममा खटिएका कामदारहरूले उद्धार गर्न आग्रह

बाढी पीडितलाई पूर्वप्रधानमन्त्री कार्कीले एक महिनाको पेन्सन दिने

काठमाडौं–  पूर्वप्रधानमन्त्री सुशीला कार्कीले रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको

हर्मुजबारे इरान र कतारबीच तेहरानमा वार्ता

तेहरान- इरान र कतारका उच्च अधिकारीबीच रणनीतिक हर्मुज जलडमरूमध्यको अवस्था तथा

कांग्रेसको महाधिवेशन रोक्ने देउवा र खड्काको माग सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न सर्वोच्च अदालतले