रुकुमपूर्वमा कृषि प्रदर्शनी मेला, उत्कृष्ट कृषक पुरस्कृत « Khabarhub

रुकुमपूर्वमा कृषि प्रदर्शनी मेला, उत्कृष्ट कृषक पुरस्कृत


१६ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

रुकुमपूर्व- रुकुमपूर्वमा कृषि मेला तथा प्रदर्शनी समपन्न भएको छ । ‘कृषि पर्यटन उद्योगमा विस्तार, समृद्ध रुकुमूर्वको मूल आधार’ भन्ने नाराका साथ जिल्लामा हिजो र आज दुई दिन सिस्ने गाउँपालिका–६ रुकुमकोटमा जिल्लास्तरीय कृषि मेला तथा प्रदर्शनी कार्यक्रम गरिएको हो ।

जिल्लाको एकीकृत कृषि तथा पशुपन्क्षी विकास कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, हुरेड कार्स नेपाल, युएमएन र मिक नेपालले संयुक्तरूपमा कृषि उत्पादकत्व वृद्धिका लागि कृषि मेला तथा प्रदर्शनी कार्यक्रम आयोजना गरिएको हो ।

जिल्लामा अधिकांश व्यक्ति कृषिमा आत्मनिर्भर रहे पनि सोचेअनुसारको कृषि उत्पादन भइरहेको छैन । कृषिको उत्पादकत्व वृद्धि गर्नका लागि जिल्लास्थित कृषकबीच प्रतिस्पर्धाका लागि कृषि मेला तथा प्रदर्शनी कार्यक्रम गरिएको एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालयका प्रमुख पिताम्बर बस्नेतले बताए। हरेक वर्ष एकपटकको कृषि मेला तथा प्रदर्शनी कार्यक्रमले कृषकमा कृषि उत्पादनका लागि ऊर्जा दिइरहेको बस्नेतले बताए ।

कृषि मेला गर्दा राम्रो उत्पादन गर्ने कृषकलाई नगदसहित प्रमाणपत्रले पुरस्कृत गर्ने गरिएको छ । कृषि कार्यालयमार्फत् उत्कृृष्ट कृषक पुरस्कृत हुने भएकाले कृषकले कृषि उत्पादकत्व वृद्धि गर्न प्रेरणा मिल्ने गरेको मेलामा भाग लिएका कृषकले बताएका छन् । कृषि उत्पादन गरेर जिल्लालाई कृषिमा आत्मनिर्भर गर्नका निम्ति जिल्लास्थित सरकारी कार्यालय लाग्नुपर्नेसमेत कार्यक्रममा सहभागीको भनाइ छ ।

उत्कृष्ट कृषक पुरस्कृत

कृषि मेलामा भाग लिएका साढे तीन सय जना कृषकमध्ये एक सय १२ जना कृषक पुरस्कृत भएका छन् । कृषि मेलामा कृषकले पशुपन्क्षी, फलफूल, तेलहन, दलहन, नगदेबालीअन्तर्गत पर्ने विभिन्न विधाका कृषि उपज प्रदर्शनी गर्न आएका थिए । जसमा प्रथम हुनेलाई दुई हजार, दोस्रोलाई एक हजार पाँच सय, तेस्रोलाई एक हजार र सान्त्वनालाई सात सय नगदसहित प्रमाणपत्रले पुरस्कृत गरिएको एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालयका सूचना अधिकारी थलराज बस्नेतले जानकारी दिए ।

प्रकाशित मिति : १६ पुस २०७९, शनिबार  ९ : २६ बजे

बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि, दलका नेताहरूले सम्बोधन गर्ने

बागमती– बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि सुरु हुँदैछ । बैठक

नेपाली गीतका यी दुर्लभ रेकर्ड : करोड क्लबमा बालेनदेखि मेलिनासम्म

काठमाडौं – नेपाली गीतको रकेर्ड खोज्दा ‘कुटुमा कुटु’ छुट्दै छुट्दैन

सार्वजनिक लेखा र कानून समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेका सार्वजनिक लेखा समिति र

अमेरिका-इरान वार्ता: ‘हतारिएर सम्झौता नगर्न’ वार्ता टोलीलाई ट्रम्पको निर्देशन

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्झौतामा ‘हतार नगर्न’

लुम्बिनी प्रदेशसभा बैठक बस्दै, वार्षिक नीति तथा कार्यक्रम पेस गरिने

लुम्बिनी– लुम्बिनी प्रदेशसभा बैठक आज बस्दैछ । बैठक दिउँसो १