आज नेपाल बन्द हल्ला मात्रै « Khabarhub

आज नेपाल बन्द हल्ला मात्रै


२२ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज असार २२ गते नेपाल बन्दको आह्वान गरेको कुरा हल्ला मात्रै भएको जनाएको छ।

भ्रष्टाचार, महंगी, बलत्कारी, तस्करी र गुण्डागर्दीको भण्डाफोर गरी सम्पूर्ण राजबन्दी रिहाईको माग गर्दै विप्लव नेकपाले आज नेपाल बन्दको घोषणा गरेको समाचार विभिन्न सञ्चारमाध्यममा आएका भए पनि यो हल्ला मात्रै भएको प्रहरीले जनाएको हो ।

सरकारले देशका लागि एउटा पनि राम्रो काम नगरेको भन्दै असार २२ गते बन्दको घोषणा गरिएको एउटा विज्ञप्ती समेत बाहिरिएको थियो । नेपाल प्रहरीले त्यो विज्ञप्ती नक्कली भएको दाबी गरेको छ । प्रहरीले बन्दको आधिकारिक जानकारी नभएको भन्दै त्यो हल्ला निराधार भएको जनाएको छ ।

‘२२ गते पार्टीले कुनै बन्दको कार्यक्रम आयोजना गरेको छैन तर विभिन्न सञ्चारमाध्यममा बिनातथ्य बन्द भन्दै प्रचारप्रसार गरिएको पाइयो, यो गलत हो’ नेकपाले समेत भनेको थियो।

प्रकाशित मिति : २२ असार २०७६, आइतबार  ६ : ३६ बजे

पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम – प्रहरीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका–९ थापा चौकस्थित एक होटलबाट

घाँस काट्ने क्रममा रूखबाट खसेर बालिकाको मृत्यु

बाजुरा – जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा आज रूखबाट खसेर एक

नागढुंगाबाट ब्राउन सुगरसहित दुई भारतीय नागरिक पक्राउ

काठमाडाैं – पूर्वी नाका काकडभिट्टाबाट काठमाडौँ आउँदै गरेका दुई भारतीय

मनसुन थप सक्रिय हुँदै, आगामी हप्ता धेरै ठाउँमा वर्षा हुने

काठमाडौं – कमजोर रहेको मनसुन अबको हप्ता निकै सक्रिय हुने

पछिल्लो २४ घण्टामा सर्पदंशबाट एक जनाको मृत्यु, १० घाइते

काठमाडौं – पछिल्लो २४ घण्टामा भएका विभिन्न घटनामा एक जनाको