नयाँ वर्ष विश्व खेलकूद विशेष वर्ष | Khabarhub Khabarhub

नयाँ वर्ष विश्व खेलकूद विशेष वर्ष

यस वर्ष विश्वकप लगायत प्रतियोगिता आयोजना हुँदै


१७ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सन् २०२३ मा महिला विश्वकप फुटबल प्रतियोगिताको आयोजना हुँदै छ। पुरुषको रग्बी विश्व च्याम्पियनसिप पनि यसै वर्ष आयोजना हुँदै छ। २० जुलाईमा महिला विश्वकप फुटबल प्रतियोगिता आयोजना हुने छ भने रग्बी युनियनको विश्व च्याम्पियनसिप फ्रान्समा सेप्टेम्बरमा हुने छ। महिला टी–२० विश्वकप क्रिकेट प्रतियोगिता पनि सन् २०२३ मा आयोजना हुँदै छ।

यसै वर्ष हंगेरीको बुढापेस्टमा विश्व एथलेटिक्स च्याम्पियनसिप केप टाउनका नेटबलको विश्व च्याम्पियनसिप आयोजना हुने छ। अगस्ट महिनामा स्कटल्यान्डको ग्लास्गोमा आयोजन हुने विश्व साइक्लिङ च्याम्पियनसिप यस वर्षको अर्को महत्त्वपूर्ण खेल महोत्सव हो। यसै गरी जुलाईमा हुने टुर डे फ्रान्सको महत्त्व त छदै छ।

१० देखि २६ फेब्रुअरी महिना दक्षिण अफ्रिकामा महिला टी–२० विश्वकप क्रिकेटको आयोजना हुँदै छ। वर्ष २०२३ मा सायद त्यो नै पहिलो महत्त्वपूर्ण प्रतियोगिता हो जसले संसारको ध्यान केही भए पनि आफूतर्फ आकृष्ट गर्न सकोस्।

दक्षिण अफ्रिका त्यही देश हो, जहाँ क्रिकेट र रग्बीका महत्त्वपूर्ण प्रतियोगिता सञ्चालन भएका छन्। त्यसै देशमा अहिलेसम्म भएकामध्ये सबैभन्दा ठुलो र महत्त्व बोकेको प्रतियोगिता सन् २०१० को विश्वकप फुटबल प्रतियोगिता हो।

रग्बीका दुई ठुला प्रतियोगिता पनि सुरुवाती तीन महिनामा सकिने छन्। ४ देखि १८ फेब्रुअरीमा ६ राष्ट्रको बिचमा रग्बी युनियनको खेल हुँदै छ। मार्चको २५ देखि २९को बिचमा महिलाहरूको ६ राष्ट्र सम्मिलित खेल हुने छ।

१५ अप्रिल देखि १ मेको बिचमा सेफिल्डमा विश्व च्याम्पियनसिप घोडचढी हुँदै छ। १० जुनको दिन युरोपको प्रतिष्ठित प्रतियोगिताको रूपमा रहेको च्याम्पियन्स लिग फुटबलको फाइनल खेल इस्तानबुलको ओलम्पिक रङ्गशालामा आयोजना हुँदै छ।

यी सबै भन्दा फरक प्रतियोगिताको रूपमा विश्वकप हक्की प्रतियोगिता हो। वर्ष २०२३ को पहिलो विश्वव्यापी प्रतियोगिता सायद दक्षिण एसियामा नै आयोजना हुँदै छ। १३ देखि २९ जनवरीमा भारको उडिसामा विश्व च्याम्पियनसिप हक्की प्रतियोगिता आयोजना हुँदै छ।

वर्षौँ अगाडीदेखि ब्राजिलका सेजर सेलोको नाममा रहेको एक सय मिटर फ्रिस्टाइलको कीर्तिमान उनले यसै वर्ष भङ्ग गरेका थिए।

जुडोको विश्व च्याम्पियनसिप ७ देखि १४ मेमा कतारमा आयोजना हुँदै छ। सोही महिनाको १२ देखि २१ को बिचमा फिनल्यान्ड र लाट्भियामा आइस हक्कीको विश्व च्याम्पियनसिप आयोजना हुँदै छ। ३ देखि १३ अगस्ट ग्लास्गोले विश्व साइक्लिङ च्याम्पियनसिपको आयोजना हुँदै छ।

१० देखि २० अगस्टको बिचमा सेलिङको विश्व च्याम्पियनसिप नेदरल्यान्ड्सको हगमा आयोजना हुँदै छ। १४ देखि ३१ अगस्टमा अजरबैजानमा सुटिङको विश्व च्याम्पियनसिप आयोजना हुँदै छ। २० अगस्टमा महिला विश्वकप फुटबलको फाइनलमा अस्ट्रेलियामा हुने छ।

धेरै खेल स्पर्धा मध्य जापानको फुकोओकामा आयोजना हुने विश्व च्याम्पियनसिप पौडी प्रतियोगिताको महत्त्व भने विशेष नै छ। गत वर्ष नै २०२२ मा यसै च्याम्पियनसिप यसै स्थान हुने तय थियो। संयोगवश जापानले कोभिडका कारण एक वर्ष पछि मात्र आयोजना गर्ने निर्णय गरेको थियो।

जापानले एक वर्ष पछि सार्ने निर्णयलाई विश्व पौडी महासङ्घले स्वीकार गरेको हो। तर, त्यस वर्ष पनि अकस्मात् रूपमा थप एक विश्व च्याम्पियनसिपको आयोजना भएको थियो। गत वर्ष उदाएका रोमानीयाका स्टार डेभिड पोपोस्कीकै यस पटक स्टार हुने कुरामा कुनै का हन सक्दैन।

वर्षौँ अगाडीदेखि ब्राजिलका सेजर सेलोको नाममा रहेको एक सय मिटर फ्रिस्टाइलको कीर्तिमान उनले यसै वर्ष भङ्ग गरेका थिए। अनगन्ती कीर्तिमानका खानी उनीसँगै हंगेरीको क्रिस्टोफर मिलाक त्यस च्याम्पियनसिपमा हेर्न लायक खेलाडी हुने छन्।

महिला तर्फ अस्ट्रेलियाका अम्मा म्याककोन र उनकी बहिनी केलि म्याककोन दुवै हेर्न लायक खेलाडी हुने छन्। म्याककोन ५० मिटर र १सय मिटर फ्रिस्टाइलकी सबै भन्दा उत्कृष्ट पौडीबाज हुन्। साथै उनी १ सय मिटर बटरफ्लाई र २ सय मिटर फ्रिस्टाइलमा पनि त्यत्तिकै उत्कृष्ट छिन्।

जमैकाको महिला स्प्रिन्ट जत्था त्यत्तिकै बलियो भएको कुरा अस्वीकार गर्न मिल्दैन। ४ गुणा १ सय मिटरमा जमैकाले क्लीन स्वीप गरेको थियो।

उनी दुई व्यक्तिगत स्वर्णका साथै ४ गुणा १ सय मिटर मेडेली तथा , चार गुणा १ सय फ्रिस्टाइल र ४ गुणा २ सय मिटर फ्रिस्टाइलका स्वर्ण पदकको सबैभन्दा बलियो दाबेदार हुन्।

बहिनी केलि १ सय मिट ब्याकस्ट्रोकको विश्व कीर्तिमान धारी हुन् भने २ सय मिटरकी पनि विश्व च्याम्पियन हुन्। उनले टोकियोमा भएको ओलम्पिकमा यी दुवै स्पर्धामा स्वर्ण पदक जितेकी थिइन।

यस पटकको विश्व च्याम्पियनसिपमा सबै भन्दा हेर्न लायक पौडी वाज भने क्यानडाका समर म्याकन्टोस नै हुने छिन्।उनले २ सय मिर बटरफ्लाइ र ४ सय मिटर व्यक्तिगत मेड्लीमा स्वर्ण पदक जित्ने अनुमान गरिएको छ। त्यसो त उनी ४ सय मिटर फ्रिस्टाइलमा अस्ट्रेलियाकी एरियन टिटमसलाई कडा चुनौती दिन सक्षम खेलाडीको कोटीमा रहने छिन्।

अस्ट्रेलियाका एरियन टिटमस र अमेरिकाका केटी लेडेकी पनि वर्ष २०२३ का हेर्न लायक पौडी वाज हुन्। हंगेरीको बुढापेस्टमा आयोजना हुने विश्व एथलेटिक्स च्याम्पियनसिपको मुख्य आकर्षण भनेको बलियो रहेको अमेरिकी स्प्रिन्ट समूह हो।

२०२२ मा भएको विश्व च्याम्पियनसिपमा भने अमेरिकाले १ सय र २ सय मिटर दौडमा क्लीन स्वीप गरेको थियो। यसै गरी अमेरिकाले स्वीप गरेको अर्को स्पर्धा सट पुट पनि हो। जमैकाको महिला स्प्रिन्ट जत्था त्यत्तिकै बलियो भएको कुरा अस्वीकार गर्न मिल्दैन। ४ गुणा १ सय मिटरमा जमैकाले क्लीन स्वीप गरेको थियो।

५ पटक १ सय मिटर दौडमा विश्व च्याम्पियन भएकी सेल आन फ्रेजियर यस वर्ष कस्तो प्रदर्शन गर्ने भन्ने सबैको चासोको विषय हो। यस वर्ष पनि अमेरिकाकी बाधा दौड धाविका सिड्नी म्याकगाउलिन र ट्रिपल जम्पमा भेनेजुएलाकी युलिमार रोजासको सनसनी हुने अपेक्षा गरिएको छ।

महिला तर्फ पनि पछिल्लो समय पोल्यान्डका इगा स्वाइतेक, टयुनेसियाका ओन्स जेबर तथा अमेरिकी जेसिका पेलुगा शीर्ष तीन स्थानमा छन्।

यस वर्ष हुने महिला फुटबल विश्वकपमा अमेरिका, स्विडेन र जर्मनीका बिच कडा मुकाबिला हुने अनुमान गरिएको छ। वर्ष २०२२ को अन्त्य हुँदा यी नै वरीयता क्रमको पनि शीर्ष तीन स्थानमा छन्। यिनीहरूलाई पछ्याउने क्रममा युरोपेली च्याम्पियन इंग्ल्यान्ड पनि साथै छ। गत ओलम्पिकमा सनसनी फैलाएको क्यानडा पनि यसै सूचिमा छ।

व्यक्तिगत प्रदर्शनको कुरा गर्ने हो भने बार्सिलोना तथा स्पेनको राष्ट्रिय टोलीबाट खेल्ने एलेक्सीया प्युटला यस वर्षको विश्वकपमा पनि छाउन सक्ने खेलाडीको रूपमा रहेकी छिने। उनले लगातार दुई सिजन बालोन डी ओर अवार्ड जीतेकी छिन्। मिडफिल्डमा अत्यधिक प्रभाव जमाउन सक्ने उनकै प्रेरणामा स्पेनले पनि विश्वकपमा धेरै अगाडीको यात्रा तय गर्न सक्ने अनुमान गरिएको छ।

यस वर्ष हुने चार वटा टेनिसका ग्रान्डस्लाममा स्पेनका कार्लोस अल्कारजाको प्रदर्शन कस्तो रहने भन्ने धेरैका लागि प्रतीक्षाको विषय बनेको छ। १९ वर्षीय स्पेनिस स्टार अल्काराज पछिल्लो समय स्पेनका राफेल नाडाललाई पछि छाड्दै एटीपी वरीयता क्रमको शीर्ष स्थानमा उक्लेका छन्।

महिला तर्फ पनि पछिल्लो समय पोल्यान्डका इगा स्वाइतेक, टयुनेसियाका ओन्स जेबर तथा अमेरिकी जेसिका पेलुगा शीर्ष तीन स्थानमा छन्। यिनीहरूको उमेर अहिलेको फर्म हेर्दा अब आउने वर्ष पनि यिनीहरूकै प्रभाव रहने अनुमान गरिएको छ।

वर्ष २०२२ को फर्म र वर्षको अन्त्यमा यिनीहरूको प्रदर्शनको आधारमा अब आउने वर्ष यस्तो हुन सक्छ भनेर पण्डितहरूले गरेको यो अनुमान धेरै हदसम्म सही नै हुने छ। पूर्ण रूपमा सही हुने हो या होइन त्यो त यो वर्षको प्रतीक्षा गर्नै पर्ने हुन्छ।

(श्रोत : बीबीसी, स्वीमस्वाम, वर्ल्ड एथलेटिक्स र फिफा लगायत)

प्रकाशित मिति : १७ पुस २०७९, आइतबार  १० : ४१ बजे

हाम्रो नेतृत्वमा सरकार बन्छ कि भनेर कतिपयलाई पोल्न थालेको छ : माधव नेपाल (भिडियाेसहित)

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टीका लागि

समयमा पानी नपर्दा सुक्न थाल्यो चैते धान

बेलबारी– लामो समयदेखि पानी नपर्दा किसानले लगाएको अन्नबाली सुक्न थालेको

भोजपुर बोलेरो दुर्घटना : दुई जनाको मृत्यु

टक्सार– भोजपुरको आमचोक गाउँपालिकाको केन्द्र बालखाबाट मैयुँटार जाँदै गरेको बोलेरो

सुहाङको फराकिलो अग्रता, कांग्रेस र स्वतन्त्रबीच दोस्रोका लागि प्रतिस्पर्धा

इलाम – इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनअन्तर्गत अहिले माई

भिरबाट लडेर २४ वर्षीया किशोरीको मृत्यु

बैतडी– बैतडीको सिगास गाउँपालिका–५ की २४ वर्षीया चन्द्रा कुमारी धामीको