नेपाल टी-२० लिग : काठमाडौंको तेस्रो जित | Khabarhub Khabarhub

नेपाल टी-२० लिग : काठमाडौंको तेस्रो जित


१७ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं नाइट्सले नेपाल टी-२० लिगमा तेस्रो जित निकालेको छ । आइतबार किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा काठमाडौंले जनकपुर रोयल्समाथि ९० रनको फराकिलो जित निकालेको हो । सुनाम गौतम र रायन बर्लको उत्कृष्ट ब्याटिङ तथा अविनाश बोहोरोको उत्कृष्ट बलिङप्रेरित जनकपुर सहज जित निकाल्न सफल भयो । यस जितसँगै काठमाडौं पाँच खेलमा  ६ अंक जोडेर तेस्रो स्थान छ । जनकपुक ६ खेलमा आठ अंकका जोडेर दोस्रो स्थानमा यथावत् छ ।

काठमाडौँले प्रस्तुत गरेको एक सय ८१ रनको  लक्ष्य पछ्याएको जनकपुर १९.१ ओभरमा सबै विकेट गुमाउँदै ९० रनमा समेटिएको थियो । जनकपुरका लागि सराफुद्दिन असरफलले ३१ बलमा तीन छक्का र दुई चौका मद्दतमा सर्वाधिक ३७ रनको योगदान दिए । 

यसैगरी सोमपाल कामीले २१ तथा खडक बोहोराले १० रन जोड्दा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।  आठौं विकेटका लागि सराफद्दिन र सोमपालले ५४ रनको साझेदारी गरेका थिए । काठमाडौंका लागि अविनाशले चार,अज्मतुल्लाह ओमरजाईले दुई तथा अनिल खरेल र वसिर अहमदले समान एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौँले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै  एक सय ८० रनको योगफल तयार पारेको थियो । काठमाडौंका लागि सुनामले ४७ बलमा समान चार चौका र छक्का मद्दतमा सर्वाधिक ६२ रनको योगदान दिए । यसैगरी रायनले ४० बलमा चार चौका र तीन छक्का मद्दतमा अविजित ६१ रन बनाउँदा एलेक्स ब्लेकले २० तथा अज्मतुल्लाह ओमार्जाइले १० रन जोडे ।

चौथो विकेटका लागि सुनाम र एलेक्सले ८४ रनको साझेदारी गरेका थिए । जनकपुरका लागि जितेन्द्र मुखियाले तीन तथा सराफुद्दिन असरफ र कप्तान ट्रिभोन ग्रिफिथ समान एक विकेट लिए । आइतबार नै हुने दोस्रो खेलमा लुम्बिनी अल स्टार्सले विराटनगर सुपर किंग्सको सामान गर्नेछ ।

 

प्रकाशित मिति : १७ पुस २०७९, आइतबार  १ : ०० बजे

भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा

काठमाडौं– भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित