मुम्बईमा बन्धक बनाइएका पाँच किशोरको साढे नौ महिनापछि उद्धार « Khabarhub

मुम्बईमा बन्धक बनाइएका पाँच किशोरको साढे नौ महिनापछि उद्धार


२२ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-राम्रो काम दिलाइदिने प्रलोभन देखाएर दलालले मुम्बई पुर्‍याई बन्धक बनाएका सिरहा, सप्तरी र उदयपुरका पाँच दलित किशोरलाई साढे नौ महिनापछि उद्धार गरिएको नयाँ पत्रिकामा खबर छ । राष्ट्रिय मानवअधिकार आयोगको पहलमा दिल्लीस्थित नेपाली दूतावासले उद्धार गरेर घर फर्काएको हो। उनीहरू बिहीबार साँझ आइपुगेका छन्।

सिरहाको लहान नगरपालिका–१५ लग्राहाका १४ वर्षीय विजय सदाय र १६ वर्षीय सरोज सदाय तथा सप्तरीको बोदेबर्साइन नगरपालिका–६ प्रीतमपुरका १४ वर्षीय प्रमोदकुमार सदाय, १४ वर्षीय ललकु सदाय र उदयपुरको त्रियुगा नगरपालिका–१२ गाईघाटका १६ वर्षीय अक्षय सदायको उद्धार भएको हो।

‘समाचार आएपछि तत्काल दिल्लीस्थित दूतावाससँग समन्वय गर्‍यौँ र उनीहरू बन्धक बनाइएको ठाउँ यकिन गरेपछि सकुशल उद्धार सम्भव भएको छ,’ राष्ट्रिय मानवअधिकार आयोगकी सदस्य मोहना अन्सारीले भनिन्।

लहान–१३ सरस्वती गाउँका रवि महतोले मासिक १० हजार रुपैयाँसम्म कमाइ हुने काम दिलाउने आश्वासन दिएर भारत लगेको पीडितले बताएका छन्। उनीहरूसहित नौ किशोरलाई गत १० भदौमा महतोले मुम्बई पुर्‍याएका थिए। मुम्बईनजिकै नगर भन्ने ठाउँमा एक ठेकेदारको जिम्मा लगाएपछि महतो पैसा लिएर फर्किएको पीडित किशोरहरूले बताए। अन्य चारजना भने गत असोजमै भागेर घर फर्किएका थिए।

पाँचै किशोरलाई लहानस्थित दलित जनकल्याण युवा क्लबले मनोसामाजिक परामर्श दिइरहेको छ। परामर्शसँग केही दिन आराम गराएपछि स्थानीयस्तरमै आयआर्जन हुन सक्ने सीपमूलक तालिम दिलाएर काममा दिलाउने योजना भएको क्लबका अध्यक्ष उमेशकुमार बिसुन्केले बताए।

प्रकाशित मिति : २२ असार २०७६, आइतबार  ७ : ०६ बजे

दुई वर्षमा सक्नुपर्ने सडक १० वर्षमा पनि उस्तै

बागलुङ– कुनै सडक कालोपत्र गर्न कति वर्ष लाग्ला ?  सहजै

यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

बानेश्वरमा ड्युटीमा खटिएका प्रहरी कुट्नेविरुद्ध अभद्र व्यवहारको मुद्दा

काठमाडौँ – काठमाडौँको बानेश्वरमा ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार

प्रतिनिधिसभाको बैठक बस्दै : प्रधानमन्त्री बालेनले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको

आज इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

काठमाडौँ – इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सलल्लाहो (रसुल)