३५ मिटरभन्दा लामा मानव निर्मित गुफा भेटिए « Khabarhub

३५ मिटरभन्दा लामा मानव निर्मित गुफा भेटिए


१७ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

मान्म– कालीकोटको नरहरिनाथ गाउँपालिका-९ लालुको काँडाकोटमा मानव निर्मित गुफा भेटिएका छन् । विगतमा राजाको दरबार रहेको क्षेत्रमा दुई मानव निर्मित गुफा भेटिएका हुन् । विगतमा राजाको दरबार भएको क्षेत्रमा करिब ३५ मिटरभन्दा लामा गुफा भेटिएका छन् । ती गुफा राजाले लुक्नका लागि निर्माण गरेको स्थानीयले अनुमान गरेका छन् ।  

काँडाकोटमा प्राचीन खस राजाहरूको दरबार रहेको र त्यहाँ युद्ध लड्नका लागि प्रयोग भएका दुई गुफा भेटिएको नरहरिनाथ-८ लालुका शिक्षक नवराज शाहीले बताए । ‘प्राचीनकालमा राजाको दरबार रहेको क्षेत्र हो’, उनले भने, ‘त्यहाँ पुग्दा प्राचीनकालमा मान्छेले खनेका दुई गुफा भेटिएका छन् ।’

काँडाकोट अग्लो क्षेत्रमा रहेको र अहिले त्यहाँ मानव बस्ती छैन । अहिले त्यहाँ दरबारका भग्नावशेष मात्र रहेको नरहरिनाथ–९ का पूर्व  वडाध्यक्ष जोरबहादुर शाहीले जानकारी दिए । 

‘काँडाकोटमा राजाको दरबारको भग्नाअवेश देख्न सकिन्छ’, उनले भने, ‘त्यहाँ धान कुटने गरेको ओखललगायतका अन्य प्राचीन भग्नावशेष पनि फेला परेका छन् ।’ निकै घना जङ्गलको अग्लो डाँडामा दरबारको अवशेष भेटिएको नजिकै चौर, एउटा प्राचीन ढुङ्गा र कुवा पनि भेटिएको उनले जानकारी दिए । 

मानव निर्मित वस्तु फेला परेका कारणले यसको संरक्षण तथा उत्खनन गरेर यहाँको क्षेत्रका विषयमा अध्ययन गर्न आवश्यक रहेको स्थानीय देवेन्द्रबहादुर शाहीले बताए । ‘विगतको इतिहास अध्ययन गर्न सरकारी तवरबाट नै संरक्षण गर्न आवश्यक रहेको छ’, उनले भने, ‘यी गुफा र दरबार क्षेत्रको उत्खनन गरेर इतिहासका बारेमा जानकारी लिन सकिन्छ ।’

प्रकाशित मिति : १७ पुस २०७९, आइतबार  ४ : ०६ बजे

बाढीबारे थाहा नदिएको आरोपबारे चिनियाँ दूतावासको स्पष्टीकरण, ‘महत्त्वपूर्ण सूचना नेपाललाई समयमै दिएका छौं’

काठमाडौं– रसुवाको हिमाली क्षेत्रमा आएको पहिरो तथा बाढीको जोखिमबारे नेपाललाई

नवलपुरका दुई पालिकाले उद्धार कोषमा २३ लाख प्रदान गर्ने

नवलपुर– रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित बनेकाहरूका लागि

नेपाल टेलिकमको त्रिशूली थ्रीए साइट पुनः सञ्चालनमा

काठमाडौं– नेपाल टेलिकमले रसुवाको त्रिशूली थ्रीए जलविद्युत् आयोजनासँगै रहेको टावरमार्फत

भोटेकोशी बाढीपछि परराष्ट्रमन्त्री खनालको सर्बिया भ्रमण स्थगन

काठमाडौं– रसुवा, नुवाकोटलगायत क्षेत्रमा बुधबार आएको विनाशकारी बाढीपछि परराष्ट्रमन्त्री शिशिर

एक सय बढी एम्बुलेन्स घाइतेको उद्धार र शव व्यवस्थापनमा

चितवन– भोटेकोशी बाढीबाट घाइते भएका र मृत्यु भएकाहरूको उद्धार र