सोलुको थुलुङ दुधकोशीमा जैविक मल कारखाना खुल्ने « Khabarhub

सोलुको थुलुङ दुधकोशीमा जैविक मल कारखाना खुल्ने


१७ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

सोलुखुम्बु – थुलुङ दुधकोशी गाउँपालिकामा जैविक मल कारखाना स्थापना हुने भएको छ । आज कारखाना स्थापनाका लागि थुलुङ दुधकोशी गाउँपालिका र हिमालय एग्रोएकोलोजी रिसर्च एण्ड डेभलपमेन्टबीच सम्झौता भएको हो ।

सम्झौतापत्रअनुसार पहिलो पक्ष थुलुङ दुधकोशी गाउँपालिकाले रु १० लाख व्यवस्था गरी भवन निर्माण गर्नेछ भने दोस्रो पक्षले सम्झौता अवधिमा एक जना पूर्णकालीन कर्मचारीको व्यवस्था गरी आवश्यक सीप तथा औजार सामग्री हस्तान्तरण गर्नेछ । साथै जैविक मलको ब्राण्ड र बजारीकरण गरिनेछ । कार्यक्रममा महिला उद्यमशीलतामा जोड दिइने गाउँपालिका अध्यक्ष असिम राईले बताए ।

उनका अनुसार उद्यमशीलता विकासका लागि पाँच महिलालाई रु एक लाख ५० हजार अनुदान उपलब्ध गराइनेछ । विसं २०८२ को पुस मसान्तसम्म उक्त कार्य पूरा गरी गाउँपालिकालाई हस्तान्तरण गर्नुपर्ने सम्झौतापत्रमा उल्लेख छ ।

आज गरिएको सम्झौतापत्रमा गाउँपालिका अध्यक्ष राई र डेभलपमेन्टका अध्यक्ष माधवी मगरले हस्ताक्षर गरेका छन् । जैविक मल निर्माणपश्चात् यहाँको कृषि उत्पादनसँगै आयआर्जनमा टेवा पुग्ने विश्वास लिइएको पालिका प्रवक्ता भोजराज कार्कीले बताए ।

प्रकाशित मिति : १७ पुस २०७९, आइतबार  १० : ५४ बजे

धादिङमा ५२ किलो अफिम र तीन वटा भरुवा बन्दुक बरामद

धादिङ – फरार प्रतिवादीको खोजीमा खटिएको धादिङ प्रहरीले ठूलो परिमाणमा

मर्दी पदयात्राका क्रममा एक पर्यटक बेपत्ता

कास्की – कास्की जिल्लामा अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने मर्दी हिमाल

इँटाका चाङले पुरिँदा तीन मजदुरको मृत्यु

काठमाडौँ । सर्लाहीको हरिपुर नगरपालिका–५ कृष्ण इँटा उद्योगमा चाङ खस्दा

मनसुनबाट २ लाख २६ हजार ६६१ व्यक्ति प्रभावित हुने अनुमान

काठमाडौं – यसपालि मनसुनको समयमा दुई लाख २६ हजारभन्दा बढी

निरुता बनिन् राष्ट्रिय महिला भलिबल टोलीको नयाँ कप्तान

काठमाडौं – ओपन स्पाइकर निरुता ठगुन्ना नेपाली राष्ट्रिय महिला भलिबल