सोलुको थुलुङ दुधकोशीमा जैविक मल कारखाना खुल्ने « Khabarhub

सोलुको थुलुङ दुधकोशीमा जैविक मल कारखाना खुल्ने


१७ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

सोलुखुम्बु – थुलुङ दुधकोशी गाउँपालिकामा जैविक मल कारखाना स्थापना हुने भएको छ । आज कारखाना स्थापनाका लागि थुलुङ दुधकोशी गाउँपालिका र हिमालय एग्रोएकोलोजी रिसर्च एण्ड डेभलपमेन्टबीच सम्झौता भएको हो ।

सम्झौतापत्रअनुसार पहिलो पक्ष थुलुङ दुधकोशी गाउँपालिकाले रु १० लाख व्यवस्था गरी भवन निर्माण गर्नेछ भने दोस्रो पक्षले सम्झौता अवधिमा एक जना पूर्णकालीन कर्मचारीको व्यवस्था गरी आवश्यक सीप तथा औजार सामग्री हस्तान्तरण गर्नेछ । साथै जैविक मलको ब्राण्ड र बजारीकरण गरिनेछ । कार्यक्रममा महिला उद्यमशीलतामा जोड दिइने गाउँपालिका अध्यक्ष असिम राईले बताए ।

उनका अनुसार उद्यमशीलता विकासका लागि पाँच महिलालाई रु एक लाख ५० हजार अनुदान उपलब्ध गराइनेछ । विसं २०८२ को पुस मसान्तसम्म उक्त कार्य पूरा गरी गाउँपालिकालाई हस्तान्तरण गर्नुपर्ने सम्झौतापत्रमा उल्लेख छ ।

आज गरिएको सम्झौतापत्रमा गाउँपालिका अध्यक्ष राई र डेभलपमेन्टका अध्यक्ष माधवी मगरले हस्ताक्षर गरेका छन् । जैविक मल निर्माणपश्चात् यहाँको कृषि उत्पादनसँगै आयआर्जनमा टेवा पुग्ने विश्वास लिइएको पालिका प्रवक्ता भोजराज कार्कीले बताए ।

प्रकाशित मिति : १७ पुस २०७९, आइतबार  १० : ५४ बजे

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

एजेन्सी – विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण

निर्वाचनका लागि सरकार र मुख्य दलबीच समझदारीको पक्षमा राष्ट्रपति

काठमाडौं- फागुन २१ गते हुने निर्वाचन सम्पन्न गर्नका लागि वातावरण

प्रधानमन्त्री बाहिरिइन्, तीन दलका नेता शीतल निवासमै  

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँगको छलफलपछि प्रधानमन्त्री सुशीला कार्की राष्ट्रपति भवनबाट

नयाँ चलचित्र जाँचपास कार्यविधिमा चलचित्रकर्मीले देखाए खोट

काठमाडौं – नेपाली फिल्म क्षेत्रमा सेन्सरको विवाद नयाँ होइन ।

मधेस प्रदेश प्रमुखसमक्ष वार्षिक प्रतिवेदन पेस

महेन्द्रनगर– राष्ट्रिय दलित आयोगद्वारा आज मधेस प्रदेशप्रमुख समक्ष पाँचौँ वार्षिक