चेल्सी फोरेस्टसँग बराबरीमा रोकियो | Khabarhub Khabarhub

चेल्सी फोरेस्टसँग बराबरीमा रोकियो


१८ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इङ्लिस प्रिमियर लिगअन्तर्गत आइतबार राति सम्पन्न खेलमा चेल्सी नटिङ्घम फोरेस्टसँग १–१ गोलको बराबरीमा रोकिएको छ।

एक गोलले पछि परेको स्थितिमा फोरेस्ट घरेलु मैदानमा हारबाट जोगिएको हो। चेल्सी भने अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो। बराबर पछि चेल्सी १६ खेलबाट २५ अंक साथ आठौं स्थानमा छ। १४ अंक जोडेको फोरेस्ट रेलिगेशन क्षेत्रमा छ।

खेलको १६औं मिनेटमा रहिम स्टर्लिङको गोलमा चेल्सीले खेलमा अग्रता बनाएको थियो। पोलमा ढोकिएको रिबाउँन्ड बललाई बक्स भित्रबाट स्टर्लिङले वान टचमै जाली चुमाएका थिए। खेलको ६३औं मिनेटमा फोरेस्ट खेलमा फर्कियो। बोलीको पासमा सर्जी औरियरले बराबरी गोल गरेका थिए।

राति नै भएको खेलमा टोटनहम घरेलु मैदानमा एस्टन भिल्लासँग २–० ले पराजित भएको छ। जितसँगै एस्टन भिल्ला १७ खेलमा २१ अंक जोडेर १२ औं स्थानमा रहेको छ। पराजित टोटनहम समान खेलबाट ३० अंकका साथ पाँचौ स्थामा यथावत छ।

प्रकाशित मिति : १८ पुस २०७९, सोमबार  ८ : २१ बजे

प्रिमियर लिग : लिभरपुलको पोस्टमा सिटी गर्‍यो तीन गोल

काठमाडौं – इङ्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर

ला लिगा : लेवान्डोस्कीको ह्याट्रिकमा बार्सिलोनाको शानदार जित

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा बार्सिलोनाले सेल्टा

आज गणेशमान सिंहको १११औँ जन्मजयन्ती: विभिन्न कार्यक्रम गरेर मनाइँदै

काठमाडौं- वि.सं. २०४६ को जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १११औँ

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल कात्तिक २४ गते सोमबार। मंसिर