मार्चपछि पिएसजीको पहिलो हार | Khabarhub Khabarhub

मार्चपछि पिएसजीको पहिलो हार


१८ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पेरिस सेन्ट जर्मेन पिएसजी मार्च यता पहिलो पटक पराजित भएको छ। फ्रेन्च लिग वानमा पिएसजी लेन्ससँग आइतबार राति ३–१ ले हार बेहोर्न बाध्य भएको हो।

स्टार खेलाडी लियोनल मेसी र नेयमार बिना मैदानमा उत्रिएको पिएसजी फिनिसिङमा चुकेको थियो। केलियन एम्बाप्पले पुरा समय खेले पनि आफूलाई प्रमाणित गर्न सकेनन्।

दोस्रो स्थानको लेन्स पछिल्लो १७ खेलमा जम्मा एक खेलमा हार बेहोरेको छ। क्रिस्टोफ गाल्टियरको पिएसजी भन्दा लेन्स जम्मा चार अंकले पछि छ। लेन्सको जितमा लुइस ओपेन्डाले एक गोल गरेभने एक गोलको अवसर सृजना गरेका थिए।

खेलको पाँचौ मिनेटमा फ्राङ्कओस्कीले भलि बललाई गोलमा परिणत गरेका थिए। हुगो इकिटिकेले बराबरी गोल गरे फर्काए। २८औं मिनेटमा रक्षक मार्किन्होसलाई बिट गर्दै ओपेन्डाले २–१ को अग्रता दिलाए। दोस्रो हाफको दोस्रो मिनेटमै एलेक्सिस क्लाउडे मौउरिसले तेस्रो गोल गरेका थिए।

यस अघि पिएसजी मार्च २० मा मोनाकोसँग ३–० ले पराजित भएको थियो। १० दिनपछि पिएसजीले च्याम्पियन्स लिगमा रियल मड्रिडको सामना गर्दैछ।

प्रकाशित मिति : १८ पुस २०७९, सोमबार  ९ : ०८ बजे

कर्णालीमा ‘विश्व भोकमरी सूचकाङ्क– २०२५’ को प्रतिवेदन सार्वजनिक

कर्णाली– कर्णालीमा ‘विश्व भोकमरी सूचकाङ्क– २०२५’ को प्रतिवेदन सार्वजनिक गरिएको

प्रिमियर लिग : लिभरपुलको पोस्टमा सिटी गर्‍यो तीन गोल

काठमाडौं – इङ्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर

ला लिगा : लेवान्डोस्कीको ह्याट्रिकमा बार्सिलोनाको शानदार जित

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा बार्सिलोनाले सेल्टा

आज गणेशमान सिंहको १११औँ जन्मजयन्ती: विभिन्न कार्यक्रम गरेर मनाइँदै

काठमाडौं- वि.सं. २०४६ को जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १११औँ

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर