लुम्बिनी प्रदेशसभा बैठक बस्दै « Khabarhub

लुम्बिनी प्रदेशसभा बैठक बस्दै


१८ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

दाङ– लुम्बिनी प्रदेशसभाको पहिलो बैठक आज बस्दै छ । राप्ती उपत्यका देउखुरीमा पहिलो अधिवेशन बस्न थालेको हो ।आज दुईवटा बैठक बस्ने कार्यसूची सार्वजनिक भएको छ । पहिलो बैठकमा प्रदेशसभाको अधिवेशन आह्वानसम्बन्धी पत्र ज्येष्ठ सदस्य डिल्लीराज भुसालले पढेर सुनाउने र प्रदेश प्रमुख अमिक शेचरनले प्रदेशसभा बैठकलाई सम्बोधन गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले जानकारी दिए । 

दोस्रो बैठकमा ज्येष्ठ सदस्य भुसालले ‘लुम्बिनी प्रदेशसभा नियमावली, २०७९’ पारित गरियोस् भनी प्रस्ताव गर्नेछन्। यस्तै दलको तर्फबाट प्रदेशसभा सदस्यहरूले शुभकामना मन्तव्य राख्ने कार्यसूची रहेको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसका आधारमा प्रदेश प्रमुखले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेशसभाको अधिवेशन आह्वान गरेका हुन् ।

यो अधिवेशनपछि सभामुख र उपसभामुख चयनको लागि बाटो खुल्नेछ । पहिलो बैठक बसेको मितिले १५ दिनभित्र सभामुख र उपसभामुख चयन गर्नुपर्ने कानुनी व्यवस्था छ ।

 

प्रकाशित मिति : १८ पुस २०७९, सोमबार  १ : ३० बजे

पुनर्वास नगरपालिकाद्वारा विपद् उद्धार सामग्री हस्तान्तरण

कञ्चनपुर– कञ्चनपुरको पुनर्वास नगरपालिकाले सशस्त्र प्रहरी बललाई विपद् उद्धार सामग्री

मेसीका लागि किन खास छ अर्जेन्टिनी टोली ?

काठमाडौँ – विश्वकप फुटबल २०२६ सकिनका लागि अब तीन खेल

हुप्सेकोटका पहिरो विस्थापित अझै पनि अस्थायी शिविरमा

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिका–५ बागखोरका पहिरो विस्थापित १८

रौतहटमा एक युवाले गरे आत्मदाह प्रयास, थप उपचारका लागि कीर्तिपुर रिफर

काठमाडौँ – रौतहटको गरुडामा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर

नसर्ने रोगको जोखिम कम गर्नुपर्नेमा जोड

काठमाडौँ– नेपालमा बढ्दो नसर्ने रोगको जोखिमलाई कम गर्न स्वास्थ्य सेवाको