पेस्तोलसहित एक भारतीय नागरिक पक्राउ « Khabarhub

पेस्तोलसहित एक भारतीय नागरिक पक्राउ


१८ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा– बाराको सीमावर्ती नाका गुलरियाबाट सीमा सुरक्षा सशस्त्र प्रहरीले एक भारतीय नागरिकलाई एक थान पेस्तोल, म्यगागजिन र सात राउन्ड गोलीसहित आइतबार राति पक्राउ गरेको छ । पूर्वी चम्पारण मोतिहारी नगरपालिका वडा नं १६ का ४० वर्षीय चन्दन कुमारलाई आइतबार साँझ पक्राउ गरिएको सशस्त्र प्रहरी १२ नम्बर गण कलैयाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अमरबहादुर खत्रीले बताए । 

उनको साथबाट पत्नी, उनी आफैं र दाइको नाममा रहेको भारतीय आधार कार्डसहित ११ हजार २ सय ७० भारूसमेत बरामद गरिएको प्रहरी नायब उपरीक्षक खत्रीले जानकारी दिए । उनका अनुसार अंग्रेजी नयाँ वर्षको चहलपहललाई लक्षित गर्दै आपराधिक गतिविधि गर्न नेपाल प्रवेश गरेको हुनसक्ने अनुमान गरिए पनि त्यसबारे विस्तृत अनुसन्धान गर्न नेपाल प्रहरीको इलाका प्रहरी कार्यालय सिम्रौनगढमार्फत जिल्ला प्रहरी कार्यालय कलैयाको जिम्मा लगाइएको छ । 

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेश थापाले बरामद हतियार चन्दनकुमारले भारतमा दर्ता गरेर प्रयोगका लागि इजाजत लिएको पाइएको बताए । उनले हतियारसहित पक्राउ परेका उनीमाथि हातहतियारसम्बन्धी मुद्दामा जिल्ला अदालत बाराबाट म्याद लिएर थप अनुसन्धान भइरहेको जानकारी दिए । ‘भारतका लागि इजाजत लिएको हतियार बोकेर नेपाल प्रवेश गर्न पाइँदैन,’ उनले भने, ‘नेपालको कानुन अनुसार उनीमाथि हातहतियार तथा खरखजाना सम्बन्धि कसुरमा कारबाही हुने छ ।’ 

पछिल्लो समय भारतबाट हरियारसहित नेपाल प्रवेश गरी जिल्लामा आपराधिक गतिविधि सञ्चालन गर्ने क्रम बढेको छ । दुई साताअघि हतियारसहित आएको समूहले जिल्लाको महागढीमाई नगरपालिकामा भारतीय नागरिक शिवपुजन यादवको गोली हानी हत्या गरेको थियो । 

प्रकाशित मिति : १८ पुस २०७९, सोमबार  ४ : २० बजे

मुग्लिन-नारायणगढ सडकखण्डको १५ किलोमा पहिरो, यातायात एकतर्फी

चितवन – मुग्लिन-नारायणगढ सडकखण्डको १५ किलो नजिकै माथिबाट लेदो खसेपछि

भन्सार छलेर ल्याइएका स्कुटर नियन्त्रणमा

वीरगन्ज – भन्सार छलेर ल्याइएका १० वटा विद्युतीय स्कुटर नियन्त्रणमा

वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने

भक्तपुर – मध्यपुरथिमि नगरपालिका–४ बालकुमारी निवासी ३९ वर्षीय वीरेन्द्रभक्त गजू

कर्णाली प्रदेशका पूर्वकानुनमन्त्री शाहीको निधन

कर्णाली – कर्णाली प्रदेश सरकारका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर

भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन

काठमाडौँ – भोटेकोशी बाढीपछि सुस्ताएको नेपालको पर्यटन क्षेत्र क्रमशः लयमा