विदेशी रकमसहित एक युवक पक्राउ « Khabarhub

विदेशी रकमसहित एक युवक पक्राउ


१८ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

उदयपुर– चोरीको आरोपमा उदयपुर त्रियुगा नगरपालिका ११ मिनी मार्केट क्षेत्रबाट सोमबार दिउँसो प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । डलर, भारु, यूरोसहित खोटाङ दिक्तेल रूपाकोट मझुवागढी-१० पाथेका २१ वर्षीय सुजन गिरीलाई प्रहरीले पक्राउ गरेको हो ।

मिनी मार्केट नजिकैको गिफ्ट पसलमा पेस्तोल किन्न भन्दै गएका गिरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राकेशकुमार पोदारले बताए । गिफ्ट पसलमा पेस्तोल पाइन्छ भनी सोधिरहेको सूचना पाएपछि प्रहरीले गिरीलाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक पोदारले बताए ।

पक्राउ परेका गिरीसँगको प्रारम्भिक सोधपुछमा ५-६ दिनयता उनी गाईघाट बजारको मेलिना होटलमा रहेको खुलेको प्रहरी नायब उपरीक्षक पोदारले बताए । गिरी बस्दै आएको होटलमा खनतलासी गर्दा नेपाली रुपैयाँ १ लाख ८५ हजार ४ सय १५, अमेरीकी डलर २ सय ९२, भारतीय रुपैयाँ २ लाख ५९ हजार एक सय र ८० यूरो बरामद गरिएको प्रहरीले जनाएको छ ।

त्यसैगरी चाँदीको जस्तो देखिने सिक्री २ थान, चाँदीको जस्तो ब्रासलेट एक थान, सुन जस्तो देखिने पहेंलो धातुको औँठी १, घडी १ थान, मोबाइल, बुद्धचित्त र रुद्राक्षको एउटा माला र ४ वटा सिमाला बरामद भएको प्रहरी नायब उपरीक्षक पोदारले बताए । उनलाई पक्राउ गरेर अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : १८ पुस २०७९, सोमबार  ६ : ५५ बजे

मुग्लिन-नारायणगढ सडकखण्डको १५ किलोमा पहिरो, यातायात एकतर्फी

चितवन – मुग्लिन-नारायणगढ सडकखण्डको १५ किलो नजिकै माथिबाट लेदो खसेपछि

भन्सार छलेर ल्याइएका स्कुटर नियन्त्रणमा

वीरगन्ज – भन्सार छलेर ल्याइएका १० वटा विद्युतीय स्कुटर नियन्त्रणमा

वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने

भक्तपुर – मध्यपुरथिमि नगरपालिका–४ बालकुमारी निवासी ३९ वर्षीय वीरेन्द्रभक्त गजू

कर्णाली प्रदेशका पूर्वकानुनमन्त्री शाहीको निधन

कर्णाली – कर्णाली प्रदेश सरकारका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर

भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन

काठमाडौँ – भोटेकोशी बाढीपछि सुस्ताएको नेपालको पर्यटन क्षेत्र क्रमशः लयमा