विदेशी रकमसहित एक युवक पक्राउ | Khabarhub Khabarhub

विदेशी रकमसहित एक युवक पक्राउ


१८ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

उदयपुर– चोरीको आरोपमा उदयपुर त्रियुगा नगरपालिका ११ मिनी मार्केट क्षेत्रबाट सोमबार दिउँसो प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । डलर, भारु, यूरोसहित खोटाङ दिक्तेल रूपाकोट मझुवागढी-१० पाथेका २१ वर्षीय सुजन गिरीलाई प्रहरीले पक्राउ गरेको हो ।

मिनी मार्केट नजिकैको गिफ्ट पसलमा पेस्तोल किन्न भन्दै गएका गिरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राकेशकुमार पोदारले बताए । गिफ्ट पसलमा पेस्तोल पाइन्छ भनी सोधिरहेको सूचना पाएपछि प्रहरीले गिरीलाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक पोदारले बताए ।

पक्राउ परेका गिरीसँगको प्रारम्भिक सोधपुछमा ५-६ दिनयता उनी गाईघाट बजारको मेलिना होटलमा रहेको खुलेको प्रहरी नायब उपरीक्षक पोदारले बताए । गिरी बस्दै आएको होटलमा खनतलासी गर्दा नेपाली रुपैयाँ १ लाख ८५ हजार ४ सय १५, अमेरीकी डलर २ सय ९२, भारतीय रुपैयाँ २ लाख ५९ हजार एक सय र ८० यूरो बरामद गरिएको प्रहरीले जनाएको छ ।

त्यसैगरी चाँदीको जस्तो देखिने सिक्री २ थान, चाँदीको जस्तो ब्रासलेट एक थान, सुन जस्तो देखिने पहेंलो धातुको औँठी १, घडी १ थान, मोबाइल, बुद्धचित्त र रुद्राक्षको एउटा माला र ४ वटा सिमाला बरामद भएको प्रहरी नायब उपरीक्षक पोदारले बताए । उनलाई पक्राउ गरेर अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : १८ पुस २०७९, सोमबार  ६ : ५५ बजे

स्वास्थ्य क्षेत्रका कार्यक्रम र बजेटमा दोहोरोपना हटाउनुपर्नेमा जोड

पाटन – स्वास्थ्य सेवाका क्षेत्रमा सङ्घ, प्रदेश र स्थानीय तहले

डोल्पो समाज गुम्वामा शान्ति पूजाको आयोजना

काठमाडौं– विश्वशान्ति र मानवकल्याणहेतु काठमाडौंको डोल्पो समाज गुम्वामा शान्ति पूजाको

त्रिविको जग्गा फिर्ता ल्याउने प्रक्रियामा प्रधानमन्त्रीद्वारा प्रगति माग

काठमाडौं–  प्रधानमन्त्री सुशीला कार्कीले अपचलनमा परेको त्रिभुवन विश्वविद्यालयको जग्गा फिर्ता

ओखलढुङ्गाको स्वर्णान्तराल आधारभूत विद्यालय भवन शिलान्यास

ओखलढुङ्गा-ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–७ स्थित स्वर्णान्तराल आधारभूत विद्यालय, टोक्सेलको नयाँ विद्यालय

प्रधानमन्त्रीले मागिन् वायु सेवा निगममा महाप्रबन्धक नियुक्ति प्रक्रियाबारे जानकारी

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायु सेवा निगममा खुला प्रतिस्पर्धाबाट