प्रर्दशनमा संलग्न भएको आरोपमा इरानी दुई किशोरलाई फासी « Khabarhub

प्रर्दशनमा संलग्न भएको आरोपमा इरानी दुई किशोरलाई फासी


१९ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

तेहरान – इस्लामिक गणतन्त्रलाई महिनौंदेखि हल्लाउने विरोध प्रदर्शनमा संलग्न भएको आरोपमा फाँसीको सजाय सुनाइएपछि दुई इरानी किशोरहरूलाई मृत्युदण्डको सजाय दिइएको एक अधिकार समूहले सोमबार जनाएको छ।

महसा अमिनीको मृत्युबाट सुरु भएको विरोध प्रदर्शनमा २३ वर्षका दुई जना पुरुषलाई पहिले नै मृत्युदण्ड दिइएको छ । तर इरानले विरोध प्रदर्शनलाई शान्त पार्नको लागि धम्की दिने रणनीतिको रूपमा मृत्युदण्डको सजाय प्रयोग गर्ने भएकाले दर्जनौं बढीलाई फाँसी दिइने अभियानकर्तालाई डर छ।

ओस्लोस्थित इरान मानवअधिकार (आईएचआर) समूहले माजानदारन प्रान्तको पश्चिमी शहर नौशहरमा ट्राफिक प्रहरी कार्यलयमामा आगजनी गरेको आरोपमा १८ वर्षीय प्रदर्शनकारी मेहदी मोहम्मदफर्डलाई मृत्युदण्डको सजाय सुनाइएको छ।

त्यस्तै, न्यायपालिकाको मिजान अनलाइन समाचार वेबसाइटका अनुसार अर्का प्रदर्शनकारी मोहम्मद बोरोघानीलाई “ईश्वर विरुद्ध दुश्मनी“ को आरोपमा सर्वोच्च अदालतले डिसेम्बरमा मृत्युदण्डको सजाय सुनाएको थियो।

प्रकाशित मिति : १९ पुस २०७९, मंगलबार  ९ : २५ बजे

अमेरिकी भिसा नवीकरणमा नहुँदा भारतीय कामदार अलपत्र

काठमाडौं – अति दक्ष विदेशी कामदार लक्षित एच–वन–बी नाम दिइएको

मेची भन्सार कार्यालय : पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा– चालु आर्थिक वर्ष वर्ष २०८२–८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

रवि र बालेनले पाँच घण्टा वार्ता गरेको घरका धनी भन्छन्- देशले खोजेको आशाको मिलन भयो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

सन्दीप बीपीएल खेल्न बंगलादेशमा

काठमाडौं – नेपाली लेग स्पिन सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग