बजेटको बहसमा गर्भवती सांसदलाई पेटमा लात हान्ने सांसदलाई ६ महिना जेल « Khabarhub

बजेटको बहसमा गर्भवती सांसदलाई पेटमा लात हान्ने सांसदलाई ६ महिना जेल


१९ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

सेनेगल – सेनेगलका दुई विपक्षी सांसदलाई बजेटको बहसका क्रममा गर्भवती सांसदलाई पेटमा लात हानेको अभियोगमा ६ महिनाको जेल सजाय सुनाइएको छ।

विपक्षी धार्मिक व्यक्तित्वको आलोचना गरेपछि पुरुष सांसदहरूले एमी एनडियालाई आक्रमण गरेका थिए। न्यायाधीशले मामाडो नियाङ र मासाटा साम्बलाई एनडियायेलाई ५० लाख सीएफए फ्रयांक क्षतिपूर्ति तिर्न पनि आदेश दिएका छन्। सो घटनाको व्यापक निन्दा र महिला अधिकारको बारेमा बहस सुरु गरेको छ।

अनलाइनमा व्यापक रूपमा सेयर गरिएको भिडियोमा साम्ब १ डिसेम्बरमा नियमित बजेट बहसको क्रममा एनडियाई तर्फ हिँड्दै र उनलाई थप्पड हानेको देखिन्छन। त्यसपछि उनले कुर्सी हानेर बदला लिन्छिन्, तर तत्कालै अर्का पुरुष सहकर्मीले उनको पेटमा लात हानेका थिए। त्यसपछि अन्य सांसदहरूले स्थिति शान्त पार्न खोज्दा झडप भएको थियो।

सत्तारुढ बेन्नो बोक याकार गठबन्धनकी सदस्य एनडियाई आक्रमणपछि संसदमा बेहोस भइन् र उनले बच्चा गुमाउने डर बढेको थियो। उनलाई तत्काल अस्पताल लगिएको थियो। अस्पतालबाट डिस्चार्ज भए पनि उनी हाल कठिन अवस्थामा रहेकी उनका वकिलले बताए।

प्रकाशित मिति : १९ पुस २०७९, मंगलबार  ९ : ५३ बजे

एमाले सचिवालय बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौँ– नेकपा एमालेले सचिवालय बैठक आज बस्दैछ । बैठक पार्टी

आईपीएल क्रिकेट : लखनउसँग चेन्नई ७ विकेटले पराजित

काठमाडौँ– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जायन्ट्ससँग चेन्नई

केही स्थानमा मध्यमस्तरको वर्षादेखि हावाहुरीको सम्भावना

काठमाडौँ–जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा

पात्र निर्माणमा अल्छी भएका हुन् विपिन ?

काठमाडौँ– नायक विपिन कार्कीले पाँच वर्षभन्दा अगाडि साइन गरेको फिल्म

शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राको