गाउँपालिकाद्वारा घरघरमै पुगेर सेवा दिन सुरु  « Khabarhub

गाउँपालिकाद्वारा घरघरमै पुगेर सेवा दिन सुरु 


१९ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

बुटवल– गुल्मीको गुल्मीदरवार गाउँपालिकाले नागरिकको घरदैलोमै पुगेर सेवा दिन सुरु गरेको छ । ज्येष्ठ नागरिकको घरमै गएर स्वास्थ्य स्वास्थ्य परीक्षण तथा सामाजिक सुरक्षाभत्ता उपलब्ध गराउन थालेको गाउँपालिकाका अध्यक्ष सरोज थापाले जानकारी दिए ।

वडा नम्बर ५ मा शाईन रेसुङ्गा बैंकको समन्वयमा घरमै पुगेर सामाजिक सुरक्षाभत्ता प्रदान गरिएको अध्यक्ष थापाको भनाइ छ । अन्य वडामा पनि पालिकाले टोल टोलबाट सुरक्षाभत्ता बुझ्ने व्यवस्था गरेको छ । अध्यक्ष थापाले पालिका भित्रका करिव ८० प्रतिशत उपभोक्ताको न्यूनतम विद्युत महसुल भुक्तानी गर्ने गरेको जानकारी गराए ।

पालिकाकै सबै वडाका ज्येष्ठ नागरिकलाई घरमै पुगेर समय समयमा स्वास्थ्य परीक्षण गर्ने गरिएको पालिकाका उपाध्यक्ष तारा थापा ढेंगाले बताइन् । गुल्मीदरवारमा पालिकाभित्रको स्वास्थ्य संस्थामा गर्भवतीलाई बच्चा जन्माउन अप्ठ्यारो परेमा निःशुल्क एम्बुलेन्सको समेत व्यवस्था छ ।

गाउँ कार्यपालिकाको पहिलो बैठकले गाउंपालिकाका स्वास्थ्य संस्थाबाट प्रसूति सेवा लिने क्रममा रिफर गर्नुपरेमा निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने निर्णय गरेको थियो । तम्घास मात्र नभएर आवश्यकताको आधारमा जिल्ला बाहिर समेत निःशुल्क एम्बुलेन्स सेवाको घोषणा गरेको थियो ।

निःशुल्क सेवा लिनको लागि गुल्मी दरबार गाउँपालिका भित्रको नागरिक हुनुपर्ने शर्त रहेको छ । पालिकाको एम्बुलेन्सबाट मात्र नभएर आवश्यकताको आधारमा अन्य एम्बुलेन्सबाट सेवा लिई नागरिकता र रसिदको आधारमा भुक्तानी दिइने व्यवस्था गरिएको छ । 

गुल्मीदरवार गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण अर्यालका अनुसार निःशुल्क एम्बुलेन्स सेवा लिनेको संख्या ४६ जना रहेको छ । चालु आर्थिक वर्षमा एक हजार एक सय ५६ जना जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिएको छ । यस्तै पालिकाको वडा नं. ५, ६ र ७ का ५० वटा कुकुरमा रेबिजविरुद्धको खोप लगाइएको छ ।

प्रकाशित मिति : १९ पुस २०७९, मंगलबार  १० : ४७ बजे

भोटेकोशी बाढी : पोखरा ल्याइएका १५ शव आफन्तले बुझे

कास्की – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण मृत्यु

रसुवा बाढीका मृतकको डीएनए परीक्षणमा भारतीय फरेन्सिक टोली सक्रिय

काठमाडौं – रसुवामा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको पहिचानका

भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन

काठमाडौं – भारतीय सुरुङ उद्धार टोलीले आज चिलिमे र लाङटाङ

भोटेकोशी बाढी : आजसम्म २८९ पर्यटकको उद्धार

काठमाडौं – रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका

प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन

काठमाडौं – बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी