गाउँपालिकाद्वारा महिला स्वास्थ्य स्वयंसेवीकालाई निवृत्तिभरण « Khabarhub

गाउँपालिकाद्वारा महिला स्वास्थ्य स्वयंसेवीकालाई निवृत्तिभरण


१९ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

गुल्मी– गुल्मीको छत्रकोट गाउँपालिकाले अनिवार्य अवकाश पाउने महिला स्वास्थ्य स्वयंसेवीकालाई निवृत्तिभरण उपलब्ध गराउने भएको छ । पालिकाले ६० वर्ष उमेर पुगी अनिवार्य अवकाश हुने महिला स्वास्थ्य स्वयंसेवीकालाई मासिक रु एक हजारका दरले निवृत्तिभरण उपलब्ध गराउने घोषणा गरेको गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले जानकारी दिएका छन् ।

संघीय सरकारले ६० वर्ष उमेर पुगी निवृत्त हुनेलाई एकमुष्ट रु २० हजार उपलब्ध गराउँदै आएकोमा पालिकाले उक्त रकममा ३० हजार थप गरी एकमुष्ट ५० हजार उपलब्ध गराउने घोषणा गरिएको अध्यक्ष पाण्डेले बताए । पाँच वर्ष भन्दा बढी सेवा अवधि पुगेर अवकाश लिनेको हकमा भने पालिकाले एकमुष्ट दश हजार उपलब्ध गराउने भएको छ । 

महिला स्वास्थ्य स्वयंसेवीकालाई निवृत्तिभरण उपलब्ध गराउन पालिकाले बजेटको सुनिश्चितता गरिसकेको छ । यसका लागि कार्यविधि बनाउन लागिएको र कार्यविधि बनेपछि कानुन बनाएर यही आर्थिक वर्षको दोस्रो चौमासिकदेखि कार्यान्वयन गरिने प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर पुनले बताएका छन् ।

छत्रकोट गाउँपालिकाका स्वास्थ्य संयोजक श्यामसुन्दर पोख्रेलले पालिकाको उक्त निर्णय आम स्वास्थ्य स्वयंसेवीकाका लागि महत्वपूर्ण भएको बताए। यो निणर्यले स्वास्थ्य क्षेत्रमा काम गर्नेहरूका लागि प्रेरणा र हौसला प्रदान गर्नुका साथै स्वाथ्यकर्मीलाई पनि थप उत्साहित बनाएको बताए ।

प्रकाशित मिति : १९ पुस २०७९, मंगलबार  २ : २६ बजे

एमाले सचिवालय बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौँ– नेकपा एमालेले सचिवालय बैठक आज बस्दैछ । बैठक पार्टी

आईपीएल क्रिकेट : लखनउसँग चेन्नई ७ विकेटले पराजित

काठमाडौँ– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जायन्ट्ससँग चेन्नई

केही स्थानमा मध्यमस्तरको वर्षादेखि हावाहुरीको सम्भावना

काठमाडौँ–जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा

पात्र निर्माणमा अल्छी भएका हुन् विपिन ?

काठमाडौँ– नायक विपिन कार्कीले पाँच वर्षभन्दा अगाडि साइन गरेको फिल्म

शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राको