सिस्टममा समस्या आउँदा राहदानी वितरण अवरुद्ध « Khabarhub

सिस्टममा समस्या आउँदा राहदानी वितरण अवरुद्ध


१९ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राहदानी विभागको सिस्टममा समस्या आउँदा आवेदनको अवस्था हेर्ने र वितरण गर्ने कार्य अवरुद्ध भएको छ । सिस्टममा खराबी आएसँगै राहदानीसम्बन्धी सेवा वितरण रोकिएको राहदानी विभागले जनाएको छ । 

यो समस्या समाधानका लागि निरन्तर कार्य गरिरहेको र सिस्टम पूर्णरुपमा नियमित हुन केही समय लाग्ने विभागका निर्देशक दुरपदा सापकोटाले जानकारी दिए। अर्को सूचना जारी नहुँदासम्म आजदेखि राहदानी लिन नआउन विभागले आग्रह गरेको छ ।

 राहदानी सेवा अवरुद्ध भएपछि विभागले सेवाग्राहीसँग क्षमा मागेको छ । नियमित रुपमा राहदानी आवेदनका लागि ‘एपोइन्टमेन्ट’ मिति बुक गरेका सेवाग्राहीले तोकिएको मितिमा विभागमा उपस्थित हुन आग्रह गरेको छ । 

प्रकाशित मिति : १९ पुस २०७९, मंगलबार  ४ : ०४ बजे

जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ बेपत्ता

टोकियो– जापानको पूर्वी क्षेत्रमा टाइफुन डुजुआनका कारण परेको भारी वर्षापछि

नेपालले जैविक विविधता संरक्षणमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ : मन्त्री चौधरी

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले नेपालले जैविक विविधता

फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको कारबाही

एजेन्सी– सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस

संसद्‍मा ऊर्जामन्त्रीको जवाफ- हार मानेका छैनौँ, बाढीमा बेपत्ताको खोजकार्य रोकिँदैन

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले रसुवा बाढीका

राष्ट्रिय सेवा दल विधेयकमा बालअधिकार सुनिश्चित गर्न आग्रह

काठमाडौं– विद्यालय तहमा अध्ययनरत विद्यार्थीलाई राष्ट्रिय सेवा दलमार्फत ‘क्याडेट’का रूपमा