चितवनमा आगलागी, दुई पसलमा क्षति | Khabarhub Khabarhub

चितवनमा आगलागी, दुई पसलमा क्षति


२० पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

चितवन – पूर्वी चितवनको खैरहनी नगरपालिकामा आगलागी हुँदा दुई पसलमा क्षति पुगेको छ ।

खैरहनी नगरपालिका–८ पर्सा चौबीसकोठी चोकस्थित अनुष्का सुनचाँदी ज्वेलर्स र चाँदनी फेन्सी पसलमा आगलागी भएको हो ।

आज बिहान ३ : ४० बजे आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार बिहान ४ : १५ बजे नेपाल प्रहरी, दमकल र स्थानीयवासीको सक्रियतामा आगो नियन्त्रणमा लिइएको थियो । आगलागीको विस्तृत विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : २० पुस २०७९, बुधबार  ११ : २६ बजे

लालीगुराँस बचत सहकारीका व्यवस्थापक पक्राउ

तानसेन– लालीगुराँस बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक विष्णुबहादुर बमरेल

व्यवस्थापन परीक्षणको कार्यान्वयनलाई प्रभावकारी बनाउन मन्त्री न्यौपानेको निर्देशन

काठमाडौं– सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले सङ्घीय, प्रदेश

सूर्यदर्शनको बचत हिनामिना : रविसहितको मुद्दामा सकिएन सुनुवाइ, अर्को बिहीबार बाँकी बहस हुने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित सात जनाविरुद्ध दायर

एक डाक्टर विदेशिएपछि सामाजिक सञ्जालमा तरंग !

काठमाडौं– एक डाक्टरले देश छोडेको हल्लाले सामाजिक सञ्जाल तातेको छ