नरहरिनाथका बासिन्दालाई कुटानी-पिसानी गर्न घट्टकै भर « Khabarhub

नरहरिनाथका बासिन्दालाई कुटानी-पिसानी गर्न घट्टकै भर


२० पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

मान्म– कालीकोट नरहरिनाथ गाउँपालिकाका बासिन्दा कुटानी-पिसानीका लागि घट्टको प्रयोग गर्ने गरेका छन्  । रहगाड खोलामा परम्परागत पानी घट्ट रहेका छन् । विद्युत्को सुविधा नभएको  गाउँपालिकामा कुटानी-पिसानीका लागि आधुनिक मिल अहिलेसम्म छैन ।  

नरहरिनाथ-८ खुलालुदेखि वडा नं ९ लालु, ५ को रुप्सा र ७ को उच्छवसम्म पानी घट्ट  छन् । नरहरिनाथ-९ लालुमा स्थित श्री जनप्रभात माविका सहायक प्रधानाध्यापक मीनबहादुर रावलले भने, ‘खुलालुदेखि लालु, माल्कोट र रुप्सासम्म रहेको रहगाड खोलामा पराम्परागत पानी घट्ट रहेका छन् ।’

आधुनिक मिल नहुँदा गहुँ, कोदो, मकै पीठो बनाउनका लागि पराम्परागत पानी घट्टको प्रयोग हुँदै आएका कारणले एउटै खोलामा धेरै पानी घट्ट भएको नरहरिनाथ-१ कोटबाडाका स्थानीय कटबहादुर विष्टले बताए । ‘नरहरिनाथ गाउँपालिकामा पाँचवटा गाउँ रहेका छन् । लालु, माल्कोट, रुप्सा, कोटवाडा र कुमालगाउँ यहाँका सबैले कुटानी-पिसानीका लागि घट्टको प्रयोग गर्ने गरेका छन् । उनले भने, “त्यसैले रहगाड खोलामा धेरै पानी घट्ट रहेका हुन् ।’

राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार जनगणनाअनुसार नरहरिनाथ गाउँपालिकामा पारिवारिक घरधुरीको सङ्ख्या चार हजार चार सय २२ रहेको र जनसङ्ख्या २२ हजार चार सय १४ जना रहेकामा सबैले पानी घट्टमा नै कुटानी-पिसानी गर्ने गरेको गाउँपालिकाका उपाध्यक्ष कमलकुमार शाहले जानकारी दिए । ‘गाउँपालिकाभरि कुटानी- पिसानीका लागि आधुनिक मिल छैन ।’ उनले भने , ‘गाउँपालिकाका सबै जनाले पानी घट्टमा नै कुटानी-पिसानी गरेको पीठो खानुहुन्छ ।’

प्रकाशित मिति : २० पुस २०७९, बुधबार  १ : २६ बजे

अछामको विकास निर्माणलाई गति दिन जोड

अछाम– जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास

स्वर्णिमको भारत भ्रमणको अभिव्यक्तिलाई एमाले नेताले भने : आत्मसमर्पणवादी

काठमाडौं– नेकपा एमालेका नेता आनन्दप्रसाद पोखरेलले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत

प्रेमको प्रतीक ‘रानीमहल’ बगरमा परिणत

पाल्पा– पाल्पाको ऐतिहासिक रानीमहल कुनै समय प्रेमको प्रतीक बनेर पर्यटकलाई

३३ अंकले बढ्यो नेप्से, कारोबार कति ? 

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो

यस्तो छ, पोखरा र सुदूरपश्चिमको प्लेइङ इलेभेन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा