सुदूरपश्चिममा मुख्यमन्त्री पदको दाबी पेस गर्न आह्वान | Khabarhub Khabarhub

सुदूरपश्चिममा मुख्यमन्त्री पदको दाबी पेस गर्न आह्वान


२० पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

अत्तरिया– सुदूरपश्चिम प्रदेश प्रमुखको कार्यालयले मुख्यमन्त्री पदमा दाबी गर्न आज आह्वान गरेको छ । प्रदेश सरकार गठनका लागि प्रदेश प्रमुख कार्यालयले आज दलहरूलाई मुख्यमन्त्रीको दाबी पेस गर्न आह्वान गरेको हो ।

संविधानको धारा १६८ को उपधारा २  बमोजिम प्रदेश सरकार गठन गर्न कुनै पनि पार्टीको बहुमत नपुगेकाले एक्लैको सरकार बन्नसक्ने छैन । सरकार गठन गर्न लागि दुई वा दुईभन्दा बढी पार्टीको बहुमत भए सरकार बन्ने देखिएको छ । सरकार बनाउन  २७ सदस्यको आवश्यकता पर्छ ।

प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत पुर्‍याएर मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न यही पुस २७ गते साँझ ५ बजेसम्म समय निर्धारण गरिएको छ । 

सुदूरपश्चिम प्रदेशमा कांग्रेसका १९, नेकपा (माओवादी केन्द्र) का ११, नेकपा (एमाले) का १०, नागरिक उन्मुक्तिका सात नेकपा (एकीकृत समाजवादी) का चार राप्रपाका एक र स्वतन्त्र एक सदस्य छन् ।

प्रकाशित मिति : २० पुस २०७९, बुधबार  २ : २२ बजे

नेदरल्याण्ड्सविरुद्ध टस जितेको नेपालले पहिले बलिङ रोज्यो

काठमाडौं- स्कटल्याण्डमा जारी त्रिदेशीय टी-ट्वान्टी आई सिरिजअन्तर्गत बुधबार नेदरल्याण्ड्सविरुद्ध हुन

धनगढीमाईमा खानेपानी आयोजना सम्पन्न

नैनपुर – यहाँको धनगढीमाई नगरपालिका– ११, १२ र १३ मा

इरानको जवाफी कारबाहीमा बेघर भए ५ हजार भन्दा धेरै इजरायली

तेलअभिभ- इरानले गरेको जवाफी आक्रमणमा परेर इजरायलमा हजारौँ मानिस बेघर

मेटमणिलाई संकट, अघि बढ्यो साढे ५ करोडको चेक अनादार मुद्दा

काठमाडौं- अध्यक्ष माधवकुमार नेपाल भ्रष्टाचार मुद्दामा सांसद पदबाट निलम्बित भएको

पहिरोले अरनिको राजमार्ग बन्द

चौतारा– भोटेकोसी गाउँपालिकाका तीन ठाउँमा पहिरो जाँदा अरनिको राजमार्ग पूर्ण