रामेछापमा प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुने « Khabarhub

रामेछापमा प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुने


२० पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

रामेछाप– यहाँ वाग्मती प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । नेपाल खेलकुद महासङ्घ वाग्मती प्रदेश कमिटीले प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने भएको हो ।

प्रतियोगिता आगामी माघ ४ देखि ७ गतेसम्म सदरमुकाम मन्थलीमा हुन लागेको महासङ्घका बाग्मती प्रदेश अध्यक्ष सीताराम कार्कीले जानकारी दिए। ‘खेलकुद नागरिकको मौलिक अधिकार, समृद्धिका लागि जनस्वास्थ्य हाम्रो सरोकार’ भन्ने मूल नाराका साथ प्रतियोगिता आयोजना गर्न लागिएको कार्कीले बताए । प्रतियोगितामा प्रदेशका १३ वटै जिल्लाका टोलीले भाग लिने उनले बताए ।

प्रतियोगितामा प्रथम हुने टोलीले रु दुई लाख, शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछ । त्यस्तै द्वितीय, तृतीय र चौथो हुनेले क्रमशः रु एक लाख, रु ५० हजार र रु ३० हजार पुरस्कार, सिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् ।

प्रकाशित मिति : २० पुस २०७९, बुधबार  २ : ५६ बजे

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर