सन् २०२२ मा मध्य भूमध्यसागरमा ५ सय २५ आप्रवासीको मृत्यु « Khabarhub

सन् २०२२ मा मध्य भूमध्यसागरमा ५ सय २५ आप्रवासीको मृत्यु


२० पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सन् २०२२ मा भूमध्य सागरको बाटो हुँदै युरोप प्रवेश गर्न चाहने कूल २४ हजार छ सय ८४ आप्रवासीलाई उद्धार गरी लिबिया फर्काइएको तथ्यांक सार्वजनिक भएको छ ।

अन्तर्राष्ट्रिय आप्रवासन संगठन आईओएमले सार्वजनिक गरेको तथ्यांकमा लिबियाको तटीय क्षेत्र, मध्य भूमध्यसागरीय मार्गमा पाँच सय २५ आप्रवासीको मृत्यु भएको उल्लेख छ । उक्त अवधिमा आठ ४८ जना बेपत्ता भएको आईओएमले जनाएको छ ।

आईओएमले गत साता एक हजार ८८ आप्रवासीलाई उद्धार गरी लिबियातर्फ फर्काइएको जनाएको छ ।

“सन् २०२२ को डिसेम्बर २५ देखि ३१ सम्मको अवधिमा एक हजार ८८ आप्रवासीलाई रोकेर लिबिया फर्काइएको छ,” आईओएमले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

उद्धार गरिएका आप्रवासीमा एक हजार दुई सय ४१ महिला र सात सय ७६ बालबालिका रहेका छन् ।

सन् २०११ मा लिबियाली नेता मुअम्मर गद्दाफीको शासनको पतनपछि देशमा असुरक्षा र अराजकताका कारण धेरै आप्रवासीहरू, अधिकांश अफ्रिकीहरूले भूमध्यसागर पार गरेर लिबियाबाट युरोपेली किनारातिर जाने गरेका छन् ।

उद्धार गरिएका आप्रवासीहरू लिबियाका ती केन्द्रहरू बन्द गर्न र आप्रवासीहरूलाई रिहा गर्न बारम्बार अन्तर्राष्ट्रिय आह्वान गरिए तापनि प्रायजसो लिबियाभरि भीडभाड हुने स्वागत केन्द्र (अस्थायी शिविर) मा पुग्छन् ।

प्रकाशित मिति : २० पुस २०७९, बुधबार  ९ : ३५ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५