धेरै चिन्ता लिँदा पनि अनुहारमा कालोपोतो आउँछ « Khabarhub

धेरै चिन्ता लिँदा पनि अनुहारमा कालोपोतो आउँछ



काठमाडौँ – हामी सुन्दर रहन बजारमा रहेका अनेकौँ कस्मेटिक सामग्रीको प्रयोग गर्छौँ । समयमा नै सावधानी नअपनाए सुन्दर अनुहार बिग्रिन पनि बेर लाग्दैन । अनुहारमा देखिने छालाको समस्या मध्ये कालो पोतो पछिल्लो समय अत्यधिक बढेको पाइन्छ । कालो पोतो माहिला वा पुरुष दुवैको अनुहारमा देखा पर्दछ । तर पछिल्लो समय महिलामा धेरै देखा परेको छ । यो हल्का वा गाढा पनि हुन्छ । आँखा वरिपरि या अनुहारमा कालो पोतो आउँदा सौन्दर्यलाई प्रत्यक्ष असर गर्दछ । कालो पोतो हटाउन दाबी गरिएका उत्पादनहरू मेडिकलमा गएर किनेर प्रयोग गर्ने चलन पनि पछिल्लो समय अत्यधिक बढेको छ । यसले गर्दा राम्रो हुनको साटो समस्या झन् बल्झिरहेको हुन्छ । यसै विषयमा केन्द्रित भएर छाला रोग विशेषज्ञ डाक्टर प्रतिभा श्रेष्ठ दाससँग खबरहबका लागि विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंशः

यो कालो पोतो कस्तो समस्या हो ?
यो एउटा कस्मेटिक समस्या हो । यसले स्वास्थ्यलाई कुनै असर गर्दैन । यो केटाहरूमा पनि हुन सक्छ तर अहिले यो धेरै महिलाहरूमा देखिएको छ ।

यो के के कारणले आउँछ त ?
यो धेरै कारणले आउँछ । उज्यालो मा यो आउँछ त्यसको लागि हामीले सनस्क्रिन ३० माथिको दुई दुई घण्टामा बाक्लो गरेर दुई वटा औलाको टुप्पोमा राखेर लगाउने । कुनै औषधिहरूको कारणले आउँछ । जस्तो गर्भ निरोधक चक्कीको सेवनले आउँछ । चिन्ताहरूले आउँछ खानपानमा ध्यान नदिँदा बासी बिग्रेका खाना खादा धुलो धुवा फोहोरहरू र धूम्रपान सेवन गर्दा पनि समस्या हुन्छ ।

यो फेसमा मात्र आउने हो कि शरीरमा आउँछ ?
यो फेसमा नै आउने हो । तर फेसको पनि भिन्न भिन्न भागहरूमा आउँछ । गलाको चिल्लो भागमा रोज लगाउने भागमा आउँछ । मन्डिबुलर मेलाज्मा यो दाह्री आउने ठाउँमा आउँछ र अर्को सबै ठाउँमा आउँछ ।

यसको उपचार सम्भव छ ?
गार्हाे छ तर सम्भव छ । यसको लागि कारणहरू खोज्नु पर्दछ । यदि यो उज्यालोको कारणले आएको हो भने दिनमा कम्तीमा पनि २ पटक लगाउने । भिटामिन पनि लगाउनु पर्दछ । सेतो हुने औषधिहरू लगाउने । त्यतिले पनि भएन भने हामीले उहाँलाई भिटामिनको पिल गराउँछौँ । माइक्रोडर्माब्रेसन हरू गराउँछौँ । त्यसले राम्रो गर्दछ । लेजर चाहिँ मेलाज्मामा गर्दैनौ । लेजर गरे पछि केही महिना राम्रो देखिन्छ तर पछि छन् गाढा भएर देखिन्छ । किनभने यो उज्यालोले गर्दा आउने हो र लेजरमा पनि लाइटको प्रयोग गरिन्छ ।

कतिपयले भन्नु हुन्छ कति ठाउँमा गएर उपचार गरे तर निको भएन ?
सबै कुरा गरे पछि पनि भएन भने हामीले एन्टिअक्सिडेन्ट भिटामिनहरू खान लगाउँछौ । एउटाले भएन भने अर्को दिन्छौ । यो निको त हुन्छ तर ढिलो हुन्छ । त्यसैले सुरु हुने बित्तिकै अस्पताल जाँदा राम्रो हुन्छ र चाँडो निको हुन्छ ।

अनुहारमा केही पनि समस्या नआओस् भनेर के के कुरामा ध्यान दिने त ?
स्वस्थ जीवन जिउने, पानी प्रशस्त पिउने, राम्रो मोइस्चराइजरहरू लगाउने, सधैँ भिटामिन लगाउने, सनस्क्रिन सधैँ लगाउने गर्दा हुन्छ ।

कस्मेटिक सामान किन्दा क्वालिटीको हो वा नक्कली हो भनेर कसरी छुटाउन सकिन्छ ?
त्यो त्यसमा प्याकेजिङमा भएको फ्रन्टहरु हेरेर नै थाहा हुन्छ । कस्मेटिक सामग्रीहरू लगाए पछि पहिला भन्दा फाइदा जनक हुनु पर्याे यदि भएन भने अर्को परिवर्तन गरिहाल्ने । आफ्नो छाला कस्तो छ त्यो अनुसारको क्रिम छान्ने कसैको रिङ कल, ड्राई स्क्रिन छ भने त्यो अनुसारको नै छान्ने । एउटा ट्रिट्मेन्ट गरे पछि तुरुन्तै यो भएन भनेर अर्को डाक्टरकोमा ब्युटी पार्लर जाने चाहिँ गर्नु भएन । एउटै राम्रो प्रोडक्ड धेरै समय सम्म प्रयोग गर्नु पर्दछ ।

अहिलेसम्म तपाईँको अनुभवले यति समयमा ठिक भएको छ भन्ने अनुभव छ त ?
छिटो आएको बिरामीमा हामीले ६ महिनामा ठिक गरेका छौँ भने हामीले कुनै ढिलो अनुहार भरि पोतो फैलिसके पछि आएकोलाई हामीले २ वर्ष भन्दा पनि लामो समय लागेको छ ।

उपचार गरेपछि पहिला आफ्नो छाला जस्तो थ्यो त्यही अवस्थामा आउँछ ?
त्यो भन्दा पनि राम्रो हुन्छ ।

(प्रस्तुति : पुष्पाञ्जली बस्नेत)

प्रकाशित मिति : २१ पुस २०७९, बिहीबार  ७ : ३६ बजे

विश्वकप: मेसी र एम्बाप्पेलाई पछ्याउँदै हालान्ड र केन, कसले जित्ला गोल्डेन बुट ?

काठमाडौँ – फिफा विश्वकप २०२६ को उपाधि कसले जित्ला भन्ने

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

कञ्चनपुर– सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमित

ढोरपाटन– बागलुङमा एचआइभी सङ्क्रमितको सङ्ख्या २२० पुगेको छ । चालु

मुगुमा ३०६ मेगावाटको माथिल्लो मुगु कर्णाली जलविद्युत् आयोजना निर्माण हुने

सुर्खेत- मुगुको कार्मारोङ गाउँपालिका र छायाँनाथ रारा नगरपालिकामा निर्माण हुने ३०६

राष्ट्रपतिले गरे चार विधेयक प्रमाणीकरण

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदबाट पारित भएका चारवटा विधेयक प्रमाणीकरण