दक्षिण कोरियामा अत्माहत्या गर्ने नेपाली श्रमिकका परिवारलाई २ लाख ८० हजार क्षतिपूर्ती « Khabarhub

दक्षिण कोरियामा अत्माहत्या गर्ने नेपाली श्रमिकका परिवारलाई २ लाख ८० हजार क्षतिपूर्ती


२२ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दक्षिण कोरियामा अत्माहत्या गर्ने नेपाली श्रमिकका परिवारलाई ३० लाख कोरियन वन (करीब२ लाख ८० हजार नेपाली रुपैयाँ )क्षतिपूर्ती उपलब्ध गराइने भएको छ ।

कोरियाको मानव संशाधन केन्द्रले उक्त रकम मृतकको शव नेपाल पठाउनका लागि दिने भएको हो ।

कोरियामा आत्महत्या गर्ने नेपाली श्रमिकको शव नेपाल झिकाउदाँ लाग्ने खर्चमध्ये करिब आधा (३० लाख कोरियन वन ) एचआरडीले उपलब्ध गराउने गरी सम्झौता गरिएको कोरिया सोलस्थित नेपाली दूतावासले जानकारी दिएको छ ।

कोरियामा ज्यान गुमाउने नेपाली श्रमिकको शव नेपाल ल्याउनका लागि वैदेशिक रोजगार बोर्डले आधा खर्च पीडितका परिवारलाई सहयोग गर्ने छ ।

कोरियामा मृत्यु हुने नेपालीको शव नेपाल झिकाउँदा लाग्ने खर्च बेहोर्न एचआरडीसँग आग्रह गदाँ उक्त विषयमा एचआरडीले आत्महत्याका घटनामा ३० लाख वन उपलब्ध गराउन तयार भएको नेपाली दूतावासका काउन्सेलर श्रम डिल्लीराम बास्तोलाले बताए ।

यो सम्झौता मे महिनादेखि लागू हुने र केही अत्माहत्या गर्नेको क्षतिपूर्ति आउने क्रममा रहेको उनले जानकारी दिए ।

खाडीका देश, मलेसिया र अन्य देशको हकमा भने वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाउने नेपालीको शव स्वदेश पठाउने खर्च रोजगारदाताले बेहोर्ने व्यवस्था भए पनि जीटुजी सम्झौता गरिएको कोरियाको हकमा भने नेपाल सरकारले सम्पुर्ण खर्च बेहोर्ने गरेको थियो ।

प्रकाशित मिति : २२ असार २०७६, आइतबार  ११ : २० बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते