सन्दीप लामिछानेको पुनरावेदनको सुनुवाइ स्थगित « Khabarhub

सन्दीप लामिछानेको पुनरावेदनको सुनुवाइ स्थगित


२१ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– क्रिकेटर सन्दीप लामिछानेले आफूलाई थुनामा पठाउने आदेशविरुद्ध दिएको पुनरावेदनमाथिको बिहीबारको सुनुवाइ  स्थगित भएको छ । 

जिल्ला अदालत काठमाडौँले बलात्कारको आरोपमा पक्राउ परेका उनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । उक्त आदेश बेरितको रहेकाले खारेजीको माग गर्दै सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन दिएका छन् । सोही पुनरावेदनमाथि बिहीबार सुनुवाइका लागि न्यायाधीशद्वय राज्यलक्ष्मी बज्राचार्य र नरिश्वर भण्डारीको इजलासमा सुनुवाइ तोकिएको थियो । 

तर, सन्दीपकै कानुन व्यवसायीले बिहीबारको सुनुवाइ स्थगित गरेका उच्च अदालत पाटनले जनाएको छ । यसअघि दुईपटक पेसी तोकिए पनि सुनुवाइ हुन सकेको थिएन । पहिलो पेसीमा सन्दीपका कानुन व्यवसायीले नै सुनुवाइ स्थगित गरेका थिए भने दोस्रोमा हेर्न नभ्याइनेमा परेको थियो। तर, बिहीबार उनको पेसी चौथो नम्बरमा परेको थियो ।  

एक किशोरीले बलात्कारको उजुरी दिएपछि २० असोजमा सन्दीप पक्राउ परेका थिए । जिल्ला अदालत काठमाडौंको आदेशअनुसार उनी १८ कात्तिकमा कारागार चलान भएका थिए ।

प्रकाशित मिति : २१ पुस २०७९, बिहीबार  ३ : २१ बजे

लमजुङको भुजुङ : मौलिक संस्कृति बोकेको पर्यटकीय गाउँ

काडमाडौँ– हरियाली डाँडाकाँडा, ढुङ्गाले बनेका र छाएका परम्परागत घर, खेतबारीमा

आजदेखि ‘सुदूरपश्चिम कचहरी’ सुरु हुँदै

कैलाली– कैलालीको धनगढीमा आजदेखि ‘सुदूरपश्चिम कचहरी २०८३’ सुरु हुँदै छ

गर्मीका कारण बिहानी सत्रमा कक्षा सञ्चालन

कञ्चनपुर– अत्यधिक गर्मीका कारण कञ्चनपुरका दुई स्थानीय तहले विद्यालय सञ्चालनको

नेपाल–बङ्गलादेश सांस्कृतिक सम्बन्ध प्रवर्द्धन गर्न ‘नेपाल फेस्टिभल’

काठमाडौँ– बङ्गलादेशस्थित नेपाली राजदूतावासले बङ्गलादेश–नेपाल फ्रेन्डसिप सोसाइटीसँगको सहकार्यमा ढाकास्थित बङ्गलादेश

नेपालमै पहिलोपटक हरित हाइड्रोजनबाट खाना पकाउने प्रविधिको विकास

बागलुङ– बागलुङको बडिगाड गाउँपालिकामा नेपालमै पहिलोपटक खाना पकाउने प्रयोजनका लागि