कुटानी पिसानीका लागि अझै लोकप्रिय छ पानीघट्ट | Khabarhub Khabarhub

कुटानी पिसानीका लागि अझै लोकप्रिय छ पानीघट्ट


२१ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

बेनी-  म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४, नारच्याङको बेंसी गाउँकी चित्रमायाँ पुर्जालाई बिहानदेखि बेलुकीसम्म पानीघट्टमा भ्याईनभ्याई हुन्छ । गाउँको शिरबाट बग्ने नारच्याङ झरनाको पानी उपयोग गरी पुर्जाको परिवारले पानी घट्ट सञ्चालनमा ल्याएका हुन् । 

कुटानी पिसानीका लागि गाउँमा विद्युत्बाट सञ्चालन हुने मिल पनि छन् तर पानी घट्टमा पिसेको पिठो स्वादिलो हुने भएकाले स्थानीयबासी घट्टमै पिठो पिस्न  लैजाने गर्छन् । स्थानीयस्तरमा उत्पादन हुने कोदो, मकै, गहुँ, फापरलगायत अन्न पिस्न स्थानीयवासीले पानीघट्ट नै प्रयोग गर्दै आएका हुन् ।

नारच्याङमा चित्रमायाँकेशनारायण बुद्धजाका परिवारले दुई वटा पानी घट्ट सञ्चालन गरेका छन् । दुबै परिवारको प्रमुख आयस्रोत पानी घट्टबाट हुने आम्दानी नै हो । ‘गाउँमा जग्गाजमिन धेरै हुनेले खेती गर्छन्, हामीले बिहानदेखि बेलुकासम्म घट्ट चलाउँछौँ, प्रतिपाथि पिसेको अन्नको ज्यालावापत एक माना अन्न राख्छौँ, यसैबाट हाम्रो परिवार धानेका छौँ’-चित्रमायाँले भनिन् । 

परम्परागत रुपमा अन्न पिसानीका लागि  घट्ट, जाँतो,  ओखल तथा ढिकी प्रयोग हुने गथ्र्योपुर्खाहरुले प्रयोग गरेको पानी घट्टले पिसेको पिठो नै स्वादिलो हुने र पौष्टिक तत्व खेर नजाने भएकाले आफूहरूले पनि यसलाई निरन्तरता दिएको अर्का पानीघट्ट सञ्चालक बुद्धुजाले बताए । पानीबाट चल्ने घट्ट बिजुलीको सुविधा पुगेका ठाउँहरूमा विस्थापित हुने क्रम बढ्दो छ । पिस्न छिटो हुने भएकाले विजुलीबाट चल्ने मिलको प्रयोग बढिरहेको अवस्थामा जलविद्युत् गाउँको रुपमा परिचित नारच्याङमा भने अझै पनि पानीघट्टप्रतिको आकर्षण घटेको छैन् । 

उक्त गाउँमा पाँच मेगावाटको घलेम्दीखोला र ४२ मेगावाटको मिस्ट्रीखोला जलविद्युत् आयोजना निर्माण भैसकेका छन् । विद्युत् उत्पादनका लागि आधा दर्जन बढी आयोजनाहरु निर्माणाधीन अवस्थामा  रहेको यस वडामा अन्न पिसानीमा भने पानीघट्टकै प्रयोग बढ्दो छ । यहाँ सञ्चालनमा रहेका पानी घट्ट स्थानीयवासीको अन्न पिसानीको माध्ययमसँगै परम्परागत जीवनशैलीबारे अध्ययन र अवलोकन गर्ने थलोको रुपमा समेत विकास हुन थालेका छन् ।

शहरी क्षेत्रमा हराएका पानी घट्ट नारच्याङमा भने सञ्चालनमा रहेको देख्न पाउँदा पुरानो जीवनशैलीको झझल्को आएको पानीघट्ट  अवलोकन गरेकी बेनीकी रीम थापाले बताइन् । वेंशी गाउँदेखि नारच्याङ झरनाको भ्यू-पइन्टमा उक्लने बाटैमा रहेको सो पानीघट्ट र झरनाको अवलोकनका लागि जाने पर्यटकका लागि आकर्षणको विषय बनेको त्यहाँका वडाध्यक्ष लोकबहादुर फगामीले बताए । अन्नपूर्ण प्रथम आधार शिविरमा अवस्थित यस वडामा पछिल्लो समय मनमोहक नारच्याङ झरनाको अवलोकनका लागि आउने आन्तरिक पर्यटकहरुको सङ्ख्या बढ्दो रहेको र अधिकांशले पानीघट्ट पनि रुचिका साथ अवलोकन गर्ने गरेको उनले जानकारी दिए । 

‘हाम्रो परिवारको आयआर्जनको स्रोतको रुपमा घट्ट चलाएका हौँ, अहिले धेरैजना अवलोकनका लागि पनि आउँछन्, घट्टको बारेमा जिज्ञासा राख्छन्, र फोटो तथा भिडियो खिचेर लैजाने गर्छन्’–घट्ट सञ्चालिका पुर्जाले भने। नारच्याङको घरापमा समेत पानी घट्ट सञ्चालमा थियो । केही वर्षअघि कालीगण्डकीमा आएको बाढीले यहाँको घट्ट बगाएको हो । करिब दुई दशक अघिसम्म नारच्याङको लेकगाउँमा पाँच वटा, बेंशीमा चार वटा र घरापमा तीन वटा पानी घट्ट सञ्चालनमा थिए । बिजुलीको सुविधासँंगै पानीघट्ट विस्थापित भएको अवस्थामा पुनः दुई वटा नयाँ पानीघट्ट सञ्चालनमा आएपछि राहत भएको स्थानीयवासीको भनाइ थियो । 

नारच्याङसँगै अन्नपूर्ण गाउँपालिका–३ दानामा समेत स्थानीयबासीले पानी घट्टलाई निरन्तरता दिएका छन् । दानाको घट्टेडाँडामा मात्रै आठ वटा पानीघट्ट सञ्चालनमा छन् । मिलमा छिटो हुने भए पनि स्वाद हराउने भएकाले स्थानीयवासीले अन्न पिस्न पानी घट्टकै प्रयोग गर्ने गरेको पूर्ववडाध्यक्ष समेत रहेका पानी घट्ट सञ्चालक नरसिंह पुर्जाले बताए । यहाँका पानीघट्टमा परम्परागत प्रविधि नै प्रयोग गरिएको छ । दानाका यी घट्टमध्ये तीन वटा स्थानीय ज्ञान प्रकाश माविको आयस्रोतमा टेवा  पुर्‍याउने उद्देश्यले स्थापना गरिएका थिए । पछि घट्ट जीर्ण भएको र मर्मतमा बढी खर्च लाग्ने भएकाले विद्यालयलाई आयआर्जन हुन छाडेको विद्यालयका पूर्वप्रधानाध्यापकसमेत रहेका पुर्जाको भनाइ थियो । 

सोही गाउँपालिका–२स्थित भुरुङ तातोपानीमा समेत पानीघट्ट सञ्चालन भइरहेको छ । परम्परागतरुपमा पानीघट्ट सञ्चालन भएका ठाउँलाई ‘घट्टेखोला’ र ‘घट्टेकुलो’ नामाकरण गर्ने प्रचलन थियो । जिल्लाका करिब एक सय ५० स्थान यस्तै  नामले चिनिन्छ । 

–कमल खत्री रासस

प्रकाशित मिति : २१ पुस २०७९, बिहीबार  ३ : २७ बजे

पहिरोले जोमसोम–कोरला सडक पूर्ण रूपमा अवरुद्ध

मुस्ताङ– जोमसोम–कोरला सडकअन्तर्गत वारागुङ–मुक्तिक्षेत्र छुसाङ खण्ड लेदोसहितको पहिरो खसेपछि बुधबार

जलगदुल्ला जलविद्युत निर्माणको ठेक्का सम्झौतामा हस्ताक्षर

काठमाडौं– कर्णाली प्रदेशको आर्थिक विकास र समृद्धिका लागि महत्वपूर्ण मानिएको

खलनायकदेखि कमेडीका बादशाहसम्म : परेश रावल, शक्ति कपूर र रञ्जितको यात्रा

मुम्बई – बलिउडको इतिहासमा केही यस्ता कलाकार पनि छन् जसले

बागलुङमा बर्खेजात्राको रौनक

बागलुङ– बागलुङ बजारमा अहिले दैनिक जसो नेवारी समुदायको जात्रा हेर्न

म्याग्दीको मालिकास्थित डाँडाखेत सवस्टेशनको पूर्वाधार निर्माण सकियो

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ डाँडाखेतमा विद्युत् सवस्टेशनको पूर्वाधार निर्माण सकिएको