चिसो बढेपछि कालीकोटका विद्यालय बन्द « Khabarhub

चिसो बढेपछि कालीकोटका विद्यालय बन्द


२१ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

कालीकोट – कालीकोटमा अत्यधिक मात्रामा चिसो बढेपछि तिलागुफा नगरपालिका सबै विद्यालय बन्द गरिएका छन् । चिसो बढेका कारणले नगरपालिकाभित्रका सबै विद्यालय माघ १५ गतेसम्मका लागि बन्द भएका हुन् ।

कालीकोटमा तापक्रम माइनस पाँच डिग्री झरेको छ । चिसोले तिलागुफा नगरपालिकाले हिउँदे बिदालाई निरन्तरता दिनुपरेको जनाएको छ । चिसोका कारणले पानी जम्न थालेसँगै अत्यधिक मात्रामा चिसो बढेकाले विद्यालय बन्द गर्नुको विकल्प नभएको नगरपालिका शिक्षा शाखामा कार्यरत विद्यालय निरीक्षक नवीन हमालले बताउनुभयो । “चिसोले गर्दा विद्यालयमा विद्यार्थी आउन पनि छाडे”, उनले भने, “विद्यालय बन्द गर्नुको विकल्प रहेन ।”

चिसो बढ्दै गएका कारण विद्यार्थीले विद्यालय जान नमानेको तिलागुफा नगरपालिका–२ फोइमहादेवका राजबहादुर बुढाले बताए। “चिसो अत्यधिक भएकाले कक्षा ९ र १० का विद्यार्थी ट्युसन पढ्नका लागि सुर्खेत र नेपालगञ्ज झरेका छन्”, उनले भने, “आठ कक्षासम्मका विद्यार्थी चिसोका कारणले विद्यालय जान नै सकेका छैनन् ।”

चिसोका कारणले पानीको धारा जम्ने र बग्ने पानी पनि जम्न थालेको तिलागुफा नगरपालिका–४ राँचुलीका स्थानीय नरबहादुर शाहीले जानकारी दिए । “खानेपानीका धारामा पनि पानी जम्न थालेका छन्”, उनले भने, “खोला तथा नदीमा पनि चिसोका कारणले पानी जम्ने गरेको छ ।”

कालीकोटमा हुस्सु र हावा अत्यधिक चल्ने गरेकाले चिसो बढेको खाँडाचक्र नगरपालिका–२ का अनिपाल विकले जानकारी दिए । “पानी परेको छैन, हावा र हुस्सु लाग्ने हुँदा चिसो निकै बढेको छ”, उनले भने, “चिसोले यहाँको जनजीवन निकै असहज बनेको छ ।”

अत्यधिक चिसो बढेकाले जिल्ला प्रशासन कार्यालय कालीकोटले नागरिकलाई सचेत रहन सार्वजनिक सूचना जारी गरेको छ ।

प्रकाशित मिति : २१ पुस २०७९, बिहीबार  ८ : ५३ बजे

स्याङ्जाका दुई कार्यालय गाभिए, सेवा एकै ठाउँबाट दिइने

वालिङ– स्याङ्जाका दुई कार्यालय गाभिएका छन् । गण्डकी प्रदेशअन्तर्गत रहेका

शैक्षिक हडताल, उपत्यका स्कुलहरू बन्द (तस्बिरहरू)

काठमाडौं– नामै नसुनेका जनपक्षीय विद्यार्थी युनियन, नेपालले काठमाडौं उपत्यकामा शैक्षिक

संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

काठमाडौं– जेन-जी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र कार्यपालिकाको निर्णय

जुम्लामा ठूली भैली सुरु

जुम्ला– कर्णालीको मौलिक पर्व संरक्षण गर्ने उद्देश्यले जुम्लामा ठूली भैली

मनमोहक तनहुँको ‘दुबुङ गाउँ’

तनहुँ–  विगतमा पुरानो क्षेत्र तनहुँको ऋषिङको विकट क्षेत्रको रुपमा परिचित