‘श्रीलङ्काका पाँच वर्षमुनिका बालबालिकामा कुपोषणको समस्या वृद्धि’ « Khabarhub

‘श्रीलङ्काका पाँच वर्षमुनिका बालबालिकामा कुपोषणको समस्या वृद्धि’


२१ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ-  श्रीलङ्कामा विगत दुई वर्षमा पाँच वर्षमुनिका बालबालिकामा कुपोषण बढेको छ । स्वास्थ्यमन्त्री केहेलिया रामबुकवेलाले श्रीलङ्कामा विगत दुई वर्षमा पाँच वर्षमुनिका बालबालिकामा कुपोषण बढेको र यसको समाधानका लागि कदम चालिएको बताएका हुन् ।

बिहीबार संसद्लाई सम्बोधन गर्दै रामबुकवेलाले भने, “सन् २०२१ र २०२२ मा कुपोषणको आँकडामा वृद्धि भएको र यस्तो अवस्था आउनुको एउटा प्रमुख कारण केही खाद्य वस्तुको अनैतिक प्रचार हुनसक्ने देखिएको छ ।”

मुलुकको आर्थिक सङ्कटका बेला बालबालिकाको स्वास्थ्यसम्बन्धी बानी र मानिसको क्रयशक्तिमा आएको कमीका कारण पनि बालबालिकामा कुपोषण बढेको उनको भनाइ थियो ।

संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) को हालैको एक प्रतिवेदनअनुसार श्रीलङ्का गम्भीर आर्थिक सङ्कटको बीचमा रहेको छ जुन सन् २०२३ भर जारी रहने अनुमान गरिएको छ । यस वर्ष २९ लाख बालबालिकासहित अनुमानित ६२ लाख मानिसलाई तत्काल मानवीय सहायताको आवश्यकता छ ।

प्रकाशित मिति : २१ पुस २०७९, बिहीबार  ९ : ०२ बजे

स्याङ्जाका दुई कार्यालय गाभिए, सेवा एकै ठाउँबाट दिइने

वालिङ– स्याङ्जाका दुई कार्यालय गाभिएका छन् । गण्डकी प्रदेशअन्तर्गत रहेका

शैक्षिक हडताल, उपत्यका स्कुलहरू बन्द (तस्बिरहरू)

काठमाडौं– नामै नसुनेका जनपक्षीय विद्यार्थी युनियन, नेपालले काठमाडौं उपत्यकामा शैक्षिक

संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

काठमाडौं– जेन-जी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र कार्यपालिकाको निर्णय

जुम्लामा ठूली भैली सुरु

जुम्ला– कर्णालीको मौलिक पर्व संरक्षण गर्ने उद्देश्यले जुम्लामा ठूली भैली

मनमोहक तनहुँको ‘दुबुङ गाउँ’

तनहुँ–  विगतमा पुरानो क्षेत्र तनहुँको ऋषिङको विकट क्षेत्रको रुपमा परिचित