‘श्रीलङ्काका पाँच वर्षमुनिका बालबालिकामा कुपोषणको समस्या वृद्धि’ « Khabarhub

‘श्रीलङ्काका पाँच वर्षमुनिका बालबालिकामा कुपोषणको समस्या वृद्धि’


२१ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ-  श्रीलङ्कामा विगत दुई वर्षमा पाँच वर्षमुनिका बालबालिकामा कुपोषण बढेको छ । स्वास्थ्यमन्त्री केहेलिया रामबुकवेलाले श्रीलङ्कामा विगत दुई वर्षमा पाँच वर्षमुनिका बालबालिकामा कुपोषण बढेको र यसको समाधानका लागि कदम चालिएको बताएका हुन् ।

बिहीबार संसद्लाई सम्बोधन गर्दै रामबुकवेलाले भने, “सन् २०२१ र २०२२ मा कुपोषणको आँकडामा वृद्धि भएको र यस्तो अवस्था आउनुको एउटा प्रमुख कारण केही खाद्य वस्तुको अनैतिक प्रचार हुनसक्ने देखिएको छ ।”

मुलुकको आर्थिक सङ्कटका बेला बालबालिकाको स्वास्थ्यसम्बन्धी बानी र मानिसको क्रयशक्तिमा आएको कमीका कारण पनि बालबालिकामा कुपोषण बढेको उनको भनाइ थियो ।

संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) को हालैको एक प्रतिवेदनअनुसार श्रीलङ्का गम्भीर आर्थिक सङ्कटको बीचमा रहेको छ जुन सन् २०२३ भर जारी रहने अनुमान गरिएको छ । यस वर्ष २९ लाख बालबालिकासहित अनुमानित ६२ लाख मानिसलाई तत्काल मानवीय सहायताको आवश्यकता छ ।

प्रकाशित मिति : २१ पुस २०७९, बिहीबार  ९ : ०२ बजे

धनगढीमा ‘सुदूरपश्चिम कचहरी’ सुरु

घोडाघोडी– धनगढीमा ‘सुदूरपश्चिम कचहरी, २०८३’ सुरु भएको छ । सुदूरपश्चिम

विश्वकप क्रिकेट लिग-२ : अमेरिकाले नेपाललाई दियो १९६ रनको लक्ष्य

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय शृङ्खलामा अमेरिकाले नेपालसामू

 चीनद्वारा पाँच उपग्रह सफल प्रक्षेपण

एजेन्सी– चीनले शुक्रबार ‘लिजियान’ वाहक रकेट प्रक्षेपण गर्दै पाँचवटा उपग्रह

मुस्ताङका तीन पालिकामा वन्यजन्तुको आक्रमणबाट २३९ पशुधनको क्षति

मुस्ताङ– पछिल्लो चारवर्षमा यहाँका तीन पालिकामा वन्यजन्तुको आक्रमणबाट २३९ वटा

इतिहास, संस्कृति र प्रकृतिले सजिएको बारपाक (तस्बिरहरू)

गोरखा– गोरखा जिल्लाको उत्तरी भेगमा अवस्थित बारपाक गाउँ प्राकृतिक सौन्दर्य,