डाक्टरको परामर्श बिना औषधि खाँदा कलेजो बिग्रन्छ « Khabarhub

डाक्टरको परामर्श बिना औषधि खाँदा कलेजो बिग्रन्छ



काठमाडौँ – मस्तिष्क, मुटु, मिर्गौला र कलेजो शरीर कार्य प्रणालीको महत्वपूर्ण अंग मध्येमा पर्छन् । मुटु र मस्तिष्क जत्तिकै महत्वपूर्ण अंग हो कलेजो । कलेजोले पित्त बनाउने काम गर्छ । यो पाचनप्रणालीको महत्वपूर्ण अंग हो । कलेजोले विष हरण गर्ने काम गर्छ । यसले शरीरमा भएको टकसिनलाई निकालेर शारीरिक प्रक्रियालाई अगाडि बढाउने काम गर्छ । रगत जम्ने प्रोटिन बनाउने काम कलेजोले गर्छ, जसले गर्दा रगत बग्न केही समयमा रोकिन्छ ।कलेजोको अधिकांश भाग माथिल्लो पेटको दायाँ भागमा पर्छ । रक्सी र भाइरल संक्रमण कलेजोका लागि घातक हुनसक्छ । लामो समय अधिक रक्सी सेवन (१० वर्षभन्दा धेरै) तथा लामो समयसम्म भाइरल संक्रमणले कलेजोको आकार घट्दै जान्छ र यसले स्थायी रूपमा दाग बसाल्ने गर्छ, जुन दागका कारण कलेजोले काम गर्न सक्दैन । यो रोगलाई अंग्रेजी र मेडिकल भाषामा लिभर सिरोसिस भनिन्छ । यसै विषयमा आधारित भएर डाक्टर अनन्त श्रेष्ठसँग खबरहबका लागि विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश:

सिरोसिस भन्ने कस्तो समस्या हो ?
सिरोसिस भनेको दीर्घकालीन कलेजोको रोग हो । सामान्य मान्छेको कलेजो नरम हुन्छ र काम पनि राम्रोसँग गर्दछ । तर कुनै कारणवश कलेजो बिस्तारै बिग्रँदै गएर पछि कलेजोमा धेरै खतहरू उत्पन्न र कलेजोको आकारमा पनि परिवर्तन हुन्छ साथै कलेजोले बिस्तारै काम गर्न छोड्छ सामान्य कलेजोले गर्नु पर्ने कामहरु धेरै प्रकारका प्रटिनहरु बनाउन सक्दैन त्यही नै सिरोसिस हो ।

यो समस्या कस्तो व्यक्तिमा धेरै देखिने हो ?
कलेजोमा बिस्तारै ड्यामेज भई राख्यो भने धेरै समस्या हुन्छ । सिरोसिस दैनिक रूपमा मदिरा सेवन गर्ने मान्छेमा हुन्छ र हेपाटाइटिस बि र सी ले पनि मान्छेमा कलेजोको ड्यामेज गराउँछ । कलेजोमा बोसो जम्ने समस्या : बोसो जम्ने भनेको जो व्यक्तिले मदिरा सेवन गर्छ त्यसमा र मदिरा सेवन नगर्ने तर अन्य रोगहरु जस्तोः डाइबेटिज छ,जो मोटो छ, उच्च रक्तचाप छ,कोलेस्ट्रोल धेरै भएका मान्छेमा हुन्छ ।

सिरोसिस हुँदा कस्तो कस्तो लक्षणहरू देखा पर्दछ त ?
सिरोसिस बिस्तारै हुने रोग हो त्यसैले यसको संकेतहरु पनि बिस्तारै देखिँदै जान्छ । जबसम्म कलेजोमा ८० प्रतिशत जति ड्यामेज हुँदैन जब सम्म कुनै सङ्केत देखिँदैन । पहिलो संकेत भनेको धेरै थकाई लाग्ने,पिँडुला फर्किने हुन्छ । कुनै जाँच गर्दा रोग नदेखिए पनि यो दुई सङ्केत देखिन्छ । त्यस पछि बिस्तारै आँखा पहेँला हुँदै जाने,जन्डिस हुँदै जाने हुन्छ । बेहोस हुने, बेहोसिको कुरा गर्ने,कालो दिसा आउने र कसैमा रगत उल्टी हुने पनि हुन्छ ।

यस्तो समस्या कुन उमेर समूहमा धेरै देखिएको छ ?
यो लामो समय पछि हुने रोग भएको कारणले ५० वर्ष भन्दा माथि हुन्छ तर आज भोलि बाल्यकालदेखि नै रक्सी सेवन गर्ने गरेकोले त्यस्तामा र सानोमा हेपाटाइटिस भएको कारणले २० वर्ष तिर पनि भएको पाएका छौँ ।

सानै देखि जन्डिस हुने हात फर्किने समस्या भयो भने सिरोसिसले नै भएको हो त ?
त्यसको लागि जाँच गरेर थाहा पाउनु पर्दछ । सानै देखि जन्डिस हुने भयो भने सिरोसिस नै भएको हो भन्ने हुँदैन । त्यसैले फुल डाइग्नोसिस् गर्नु पर्दछ ।

यो सिरोसिसको उपचार कसरी गरिन्छ त ?
सिरोसिस हुने बित्तिकै जीवन सकियो भन्ने हुँदैन । त्यसको समयमा पहिचान भएर डाइग्नोसिस् गर्न सकियो भने सुरुवाती अवस्थामा नै त्यो सिरोसिसलाई हामीले त्यही रोक्न सक्छौँ । सिरोसिसले गर्दा जटिलता नै आयो यदि पोटमा पानी जमेको छ,भित्र नशाहरू छातीमा फुलेर रगत उल्टी हुने भैसकेको छ, होस हराउने समस्या भएको छ भने, हामीले उपचार गर्छौँ । उपचार गरेर पनि कलेजोले काम गरेन भने लास्टमा गएर कलेजो प्रत्यारोपण गर्नु पर्ने हुन्छ ।

कलेजोमा समस्या आयो भने कस्तो खाना खाने कस्तो नखाने त ?
कलेजोमा रोग लाग्न नदिने खाना र लागे पछि खाने खानामा फरक छ । कलेजोको रोग नलागोस् भनेर सबै भन्दा पहिला रक्सी नखाने,मोटोपन घटाउने,धेरै गुलियो नखाने,दैनिक सेतो भात नखाने,धेरै चिल्लो आलुको परिकार कम खाने,च्याँख्ला खाने गौँ को खाना खाने, दैनिक रूपमा ४५ मिनेट ठुलो व्यायाम नभई हिँड्दा पनि कलेजोमा बोसो जम्ने समस्यालाई रोक्छ । एक पटक सिरोसिस भएर पेटबाट पानी आउने भयो भने खाना भण्डारण गर्ने शक्ति हुँदैन । त्यसैले क्यालोरीको मात्रा र पोषणतत्व धेरै खाने, समयमा धेरै समयको अन्तराल नराखी छिटो छिटो खाने ।

पहिला नै कलेजोमा केही समस्या नआओस् भनेर के के कुरामा ध्यान दिने त ?
मदिरा सेवनलाई बन्द गर्नु पर्दछ । खानपान र व्यायाममा ध्यान दिने, हपाटाईटिस बि रोग लाग्न नदिने, हेपाटाइटिस सी लाग्दैन । प्रायःजस्तो लागु औषध लिनेमा र धेरै ट्याटुहरू लगाउने व्यक्तिमा यो लाग्छ । धेरै रगत चढाई राख्नु पर्ने व्यक्तिहरूमा हेपाटाइटिस सी समय समयमा चेक गर्नु पर्दछ । डाक्टरको परामर्श बिना अनावश्यक औषधिहरू नखाने, आयुर्बेदिकहरुको सेवनलाई पनि रोक्न सकियो भने यो सिरोसिस हुनबाट बच्न सक्छौँ ।

(प्रस्तुति : पुष्पाञ्जली बस्नेत)

प्रकाशित मिति : २२ पुस २०७९, शुक्रबार  ७ : ०७ बजे

विश्वकप: मेसी र एम्बाप्पेलाई पछ्याउँदै हालान्ड र केन, कसले जित्ला गोल्डेन बुट ?

काठमाडौँ – फिफा विश्वकप २०२६ को उपाधि कसले जित्ला भन्ने

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

कञ्चनपुर– सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमित

ढोरपाटन– बागलुङमा एचआइभी सङ्क्रमितको सङ्ख्या २२० पुगेको छ । चालु

मुगुमा ३०६ मेगावाटको माथिल्लो मुगु कर्णाली जलविद्युत् आयोजना निर्माण हुने

सुर्खेत- मुगुको कार्मारोङ गाउँपालिका र छायाँनाथ रारा नगरपालिकामा निर्माण हुने ३०६

राष्ट्रपतिले गरे चार विधेयक प्रमाणीकरण

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदबाट पारित भएका चारवटा विधेयक प्रमाणीकरण