अवैध गाँजा र अफिमखेती नष्ट | Khabarhub Khabarhub

अवैध गाँजा र अफिमखेती नष्ट


२१ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

चितवन-  जिल्लाको पहाडी क्षेत्रमा लगाइएको गाँजा र अफिमखेती प्रहरीले नष्ट गरेको छ । राप्ती नगरपालिकामा २० बिघामा लगाइएको गाँजा र सात कठ्ठामा लगाइएको अफिम नष्ट गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीको नेतृत्वमा गएको टोलीले दुई दिन लगाएर गाँजा र अफिम नष्ट गरेको हो ।

राप्ती नगरपालिका–११ स्थित थाकलटार, बराइनटार, डिहीटार, रेवतीखोला र वडा नं १२ स्थित तिरुवा, बड्यालपोखरी, होङपुङ, म्यातराङ र च्यात्राङमा अवैधरूपमा लगाएको गाँजा र अफिम नष्ट गरिएको हो ।

प्रकाशित मिति : २१ पुस २०७९, बिहीबार  १० : २६ बजे

एनआईसी एशिया क्यापिटलको म्युचुअल फण्ड बिक्री खुल्ला

काठमाडौं– एनआईसी एशिया क्यापिटल लिमिटेडले आज (बिहीबार)बाट म्युचुअल फण्ड बिक्रीमा

रास्वपाले आज पत्रकारहरूसँग भेटघाट कार्यक्रम गर्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज (बिहीबार) पत्रकार भेटघाट कार्यक्रम

माबिलुङ्ग इनर्जीको आईपीओ भर्ने आज अन्तिम दिन 

काठमाडौं– माबिलुङ्ग इनर्जी लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको साधारण शेयर

ताप्लेजुङ गोल्डकप : आज रेड स्टार र सहलेश भिड्दै

ताप्लेजुङ– ताप्लेजुङमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण तेस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत