अवैध गाँजा र अफिमखेती नष्ट « Khabarhub

अवैध गाँजा र अफिमखेती नष्ट


२१ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

चितवन-  जिल्लाको पहाडी क्षेत्रमा लगाइएको गाँजा र अफिमखेती प्रहरीले नष्ट गरेको छ । राप्ती नगरपालिकामा २० बिघामा लगाइएको गाँजा र सात कठ्ठामा लगाइएको अफिम नष्ट गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीको नेतृत्वमा गएको टोलीले दुई दिन लगाएर गाँजा र अफिम नष्ट गरेको हो ।

राप्ती नगरपालिका–११ स्थित थाकलटार, बराइनटार, डिहीटार, रेवतीखोला र वडा नं १२ स्थित तिरुवा, बड्यालपोखरी, होङपुङ, म्यातराङ र च्यात्राङमा अवैधरूपमा लगाएको गाँजा र अफिम नष्ट गरिएको हो ।

प्रकाशित मिति : २१ पुस २०७९, बिहीबार  १० : २६ बजे

तेलको मूल्य बढ्दा विश्व शेयर बजारमा गिरावट

एजेन्सी- तेलको मूल्य लगातार बढ्न थालेपछि विश्वभरका शेयर बजारमा शुक्रबार उल्लेख्य

धनगढीमा ‘सुदूरपश्चिम कचहरी’ सुरु

घोडाघोडी– धनगढीमा ‘सुदूरपश्चिम कचहरी, २०८३’ सुरु भएको छ । सुदूरपश्चिम

विश्वकप क्रिकेट लिग-२ : अमेरिकाले नेपाललाई दियो १९६ रनको लक्ष्य

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय शृङ्खलामा अमेरिकाले नेपालसामू

 चीनद्वारा पाँच उपग्रह सफल प्रक्षेपण

एजेन्सी– चीनले शुक्रबार ‘लिजियान’ वाहक रकेट प्रक्षेपण गर्दै पाँचवटा उपग्रह

मुस्ताङका तीन पालिकामा वन्यजन्तुको आक्रमणबाट २३९ पशुधनको क्षति

मुस्ताङ– पछिल्लो चारवर्षमा यहाँका तीन पालिकामा वन्यजन्तुको आक्रमणबाट २३९ वटा