‘जमराको जुस क्यान्सरको औषधि हैन, उल्टै नराम्रो असर गर्छ’ « Khabarhub

‘जमराको जुस क्यान्सरको औषधि हैन, उल्टै नराम्रो असर गर्छ’


२२ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

पछिल्लो समय जमरालाई औषधिको रुपमा प्रयोग गर्नेहरु बढेका छन् ।  क्यान्सर निको हुन्छ भन्दै कतिपय बिरामीले त त नियमित औषधि उपचारलाई नै छाडेर जमराको जुस पिउन शुरु गरेको विषय पनि अहिले चर्चामा छ ।

क्यान्सर निको हुने भन्दै मानिसहरु जमराको जुसप्रति आर्कषित भइरहेका बेला चिकित्सकहरुले भने जमराको जुसले क्यान्सर निको हुन नसक्ने दावी गरेका छन् ।

सिभिल अस्पतालका वरिष्ठ रक्तक्यान्सर रोग विशेषज्ञ डाक्टर विशेष पौडेल जमराको जुसले क्यान्सर निको नहुने बताउँछन् ।

जमराको जुसले क्यान्सर निको नहुने र किमो थेरापी गराइरहेका बिरामीको स्वास्थ्य समस्या झनै बढ्ने डा पौडेलले बताए ।

‘जमराको जुसले क्यान्सर निको हुन्छ भन्नु भ्रम मात्रै हो । किमो थेरापी गराइरहेका क्यान्सरका बिरामीलाई जमराको जुसले झनै असर पुर्‍याएको पाएका छौं,’ डा पौडेलले भने, ‘जमराको जुस खाएर अझै समस्या बढेर रक्त क्यान्सरका बिरामीहरु हामीकहाँ उपचारका लागि आइरहेका हुन्छन् । त्यसैले क्यान्सरका बिरामीका लागि जमराको जुस झनै घातक छ ।’

जमराको जुसले क्यान्सरका बिरामीमा फंगल इन्फेक्सन हुने डा पौडेलको भनाइ छ । किमो थेरापी लिइरहेका क्यान्सरका बिरामीले जमराको जुस नपिउन डा‍‍. पौडेलको सुझाव छ ।

प्रकाशित मिति : २२ असार २०७६, आइतबार  १ : ४५ बजे

गृहमन्त्री गुरुङ मध्यरातमा भरतपुरमा : प्रहरी शिक्षालयको निरीक्षण

चितवन – गृहमन्त्री सुधन गुरुङ मध्यरातमा चितवनको भरतपुर पुगेका छन्।

इरान-अमेरिका शान्ति वार्ता लम्बियो : १५ घण्टाभन्दा बढी समयदेखि निरन्तर छलफल

इस्लामावाद – मध्यपूर्वमा जारी तनाव अन्त्य गर्ने उद्देश्यका साथ पाकिस्तानको

सञ्जु सामसनको सानदार शतकसँगै आईपीएलमा चेन्नईको पहिलो जित

काठमाडौँ- चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा पहिलो

एक वर्षमा सात हजार ६४८ विपद्का घटनाः सबैभन्दा बढी आगलागीका

काठमाडौँ – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर