राजदूत भण्डारी र कुवेतका सभामूखबीच भेटवार्ता  « Khabarhub

राजदूत भण्डारी र कुवेतका सभामूखबीच भेटवार्ता 


२२ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

दोहा – कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारी र कुवेतको संसदका राष्ट्रिय सभाका सभामूख अहमद अब्दुलअजीज अल-सदौनबीच कुवेत सिटीस्थित उनको कार्यकक्षमा शिष्टाचार भेटवार्ता भएको छ।

भेटमा राजदूतले भण्डारीले सभामूख अल-सदौनलाई कुवेतको राष्ट्रिय सभाका सभामुखको सम्मानित पदमा निर्वाचित भएकोमा हार्दिक बधाई ज्ञापन गर्दै कार्यकालको सफलताका लागि शुभकामना व्यक्त गरेका छन्।

भेटका अवसरमा उनीहरुबीच नेपाल र कुवेतबीचको द्विपक्षीय सम्बन्ध एवं आपसी हितका विषयमा कुराकानी भएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ।

यस क्रममा उनीहरुबीच विशेषतः द्विपक्षीय सम्बन्धलाई आगामी दिनमा थप विकसित र विस्तार गर्दै लैजाने, दुई देशका संसदहरू बीचको सम्बन्धलाई थप गतिशील बनाउनेबारेमा पनि छलफल भएको थियो।

साथै, भ्रमणको आदान-प्रदान लगायत कुवेतको श्रम बजारमा नेपालीहरूको सहभागिता एवं पछिल्लो समयमा कुवेतमा नेपाली कामदारले भोग्नुपरेको समस्या आदिबारे कुराकानी भएको बताइएको छ।

प्रकाशित मिति : २२ पुस २०७९, शुक्रबार  ८ : ५२ बजे

हेलिकप्टरमार्फत बाढी प्रभावितलाई अत्यावश्यक सामानको व्यवस्थासहित उद्धार

रसुवा– सरकारले हेलिकप्टरमार्फत त्रिशूली नदी उत्तर–पश्चिमतर्फका नुवाकोट र रसुवाका बाढी

निफ्राद्वारा ५.२६३२ प्रतिशत नगद लाभांश प्रस्ताव

काठमाडौं– नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले सेयरधनीहरूका लागि नगद

 तनहुँ सेवा समाज यूएईद्वारा दुई लाख सहयोग

दमौली– तनहुँ घर भई रोजगारीको सिलसिलामा यूएईमा रहेका तनहुँवासीको संस्था

एसीसी प्रिमियर कप : बहराइनविरुद्ध नेपालको सानदार जित

काठमाडौँ– कप्तान सन्दीप लामिछानेकोको प्रभावशाली बलिङमा एसीसी प्रिमियर कप क्रिकेटमा

विदुर–चोगटे–सरमथली–जिरोकिलो हुँदै रसुवा जोड्ने सडक स्तरोन्नति

काठमाडौं– बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास कार्यालय