राष्ट्रिय परिचयपत्र लिन ललितपुरमा ‘टाइम कार्ड’ | Khabarhub Khabarhub

राष्ट्रिय परिचयपत्र लिन ललितपुरमा ‘टाइम कार्ड’


२२ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

ललितपुर – जिल्ला प्रशासन कार्यालय ललितपुरले राष्ट्रिय परिचयपत्रका सेवामा ‘टाइम कार्ड’ लागू गरेको छ। प्रशासनले १९ पुसदेखि राष्ट्रिय परिचयपत्र वितरणमा टोकनसहित टाइम कार्ड प्रणाली लागू गरेको हो।

प्रशासनका अनुसार हरेक दिन बिहान गेटमा टोकन वितरण हुन्छ भने बिहान १० देखि ११ बजेसम्म नागरिकता रुजु हुन्छ। त्यसपछि राष्ट्रिय परिचयपत्रको काम हुन्छ। प्रशासनका अनुसार अशक्त, अपाङ्गता भएका र ज्येष्ठ नागरिकका लागि नागरिकताको रुजु र बायोमेट्रिकका लागि लाइन बस्नुपर्दैन।

प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले कागजात र प्रक्रिया पूरा गरिसकेकालाई १० मिनेटभित्रै परिचयपत्र वितरण भइरहेको बताए। ‘टाइम कार्ड’को व्यवस्था अन्य सेवामा पनि विस्तार गरिने उनले बताए।

प्रकाशित मिति : २२ पुस २०७९, शुक्रबार  ९ : ३५ बजे

एनआईसी एशिया क्यापिटलको म्युचुअल फण्ड बिक्री खुल्ला

काठमाडौं– एनआईसी एशिया क्यापिटल लिमिटेडले आज (बिहीबार)बाट म्युचुअल फण्ड बिक्रीमा

रास्वपाले आज पत्रकारहरूसँग भेटघाट कार्यक्रम गर्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज (बिहीबार) पत्रकार भेटघाट कार्यक्रम

माबिलुङ्ग इनर्जीको आईपीओ भर्ने आज अन्तिम दिन 

काठमाडौं– माबिलुङ्ग इनर्जी लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको साधारण शेयर

ताप्लेजुङ गोल्डकप : आज रेड स्टार र सहलेश भिड्दै

ताप्लेजुङ– ताप्लेजुङमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण तेस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत