धार्मिकस्थल द्वन्द्वमुक्त हुनुपर्नेमा चीनको जोड « Khabarhub

धार्मिकस्थल द्वन्द्वमुक्त हुनुपर्नेमा चीनको जोड


२२ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

संयुक्त राष्ट्रसङ्घ – चीनले संसारका सबै धार्मिकस्थल द्वन्द्वमुक्त हुनुपर्नेमा जोड दिएको छ। इजरायली रक्षामन्त्री इटामार बेनगवीरले पूर्वी जेरुसेलमको अलअक्सा मस्जिद परिसरको भ्रमण गरेपछि उत्पन्न तनावलाई लिएर चीनले धार्मिकस्थल विवादमुक्त हुनुपर्नेमा जोड दिएको हो।

संयुक्त राष्ट्रसङ्घका लागि चीनका स्थायी प्रतिनिधि झाङ जुनले सुरक्षा परिषद्को बिहीबारको बैठकमा पवित्र स्थललाई लिएर इजरायल–प्यालेस्टाइन तनाव बढेकामा गहिरो चिन्ता व्यक्त गर्दै त्यसलाई रोक्ने प्रयासका निम्ति आह्वान गरे। उनले तनाव बढ्न नदिन सम्बन्धित पक्षहरूलाई संयमित हुन आग्रह गरे।

“चीन पवित्रस्थलमा शान्ति कायम होस् भन्ने चाहन्छ र त्यसका लागि आह्वान गर्दछ। थप तनाव बढ्न नदिन सरोकारवाला पक्षलाई शान्त र संयमित रहन आग्रह गर्दछ,” परिस्थितिलाई बिगार्ने गतिविधि कुनै पक्षबाट हुनुनहुनेमा जोड दिँदै राजदूत झाङले भने। चीन अन्तर्राष्ट्रिय विधिको शासन कायम राख्न तथा जेरुसेलममा भएको अन्तर्राष्ट्रिय सहमतिको पालना गर्ने पक्षमा रहेकोा स्पष्ट गरे।

प्यालेस्टिनी क्षेत्रको जनसाङ्ख्यिक संरचना परिवर्तन गर्ने उद्देश्यले हुने सबै कामप्रति चीनको असहमति रहेको बताउँदै चिनियाँ स्थायी प्रतिनिधिले सन् १९६७ को सहमतिअनुसार पूर्ण सार्वभौम र स्वतन्त्र प्यालेस्टाइन राज्यको स्थापना हुनुपर्ने चीनको अभिमत प्रकट गरे। अन्तर्राष्ट्रिय समुदायले तत्काल दुई राज्य समाधानको आधारमा प्यालेस्टाइन र इजरायलीबीचको शान्ति वार्तालाई यथाशीघ्र पुनः सुरु गर्नुपर्ने बताउँदै उनले प्यालेस्टाइनको शान्तिपूर्ण सहअस्तित्वलाई अस्वीकार गर्न नहुने उल्लेख गरे। उनले त्यसनिम्ति अन्तर्राष्ट्रिय समुदायले रचनात्मक भूमिका निर्वाह गर्नुपर्ने दोहोर्‍याए।

प्रकाशित मिति : २२ पुस २०७९, शुक्रबार  १२ : १३ बजे

योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’

म्याग्दी– पृष्ठभूमिमा लहरै हिमाल । वरपर घना जङ्गल । शान्त

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं – सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानस्थित निर्माणाधीन सुरुङ

गाँजासहित एक भारतीय पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब चार किलो २८४ ग्राम गाँजासहित

ला लिगा : विपक्षीको पोस्टमा एल्चेको चार गोल

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा रायो भालेकानोमाथि

विभागले गर्‍याे दुई रेष्टुरेन्टलाई ५० हजार रुपैयाँको दरले जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा उद्योग