गाउँपालिकाद्वारा कौरा नृत्य संरक्षण  | Khabarhub Khabarhub

गाउँपालिकाद्वारा कौरा नृत्य संरक्षण 


२२ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

तनहुँ– मगर समुदायमाझ लोकप्रिय रहेको कौरा नाच संरक्षण गर्न ऋषिङ गाउँपालिकाको कार्यालयले चासो देखाएको छ । उक्त नाच यही गाउँपालिकाबाटै सुरु भएको ठहर गदै गाउँपालिकाले बिहीबार वडास्तरीय कौरा नाच प्रतियोगिता गरेर संरक्षणमा चासो देखाएको हो । गाउँपालिकाको १३ औँ गाउँसभाको अवसरमा गरिएको प्रतियोगितामा आठवटै वडाका मगर समुदायका युवायुवती सहभागी थिए । प्रतियोगितामा वडा नम्बर १ को समूह प्रथम र वडा नम्बर ६ को समूह  दोस्रो भएको थियो । प्रथम र दोस्रो हुनेले क्रमशः १२ हजार र आठ हजार प्राप्त गरे । 

सानैदेखि आफूहरूलाई विशेष कार्यक्रममा कौरा नाचेरै हुर्किएकाले पालिकाले आयोजना गरेको प्रतियोगितामा भाग लिइ प्रथम हुँदा खुसी लागेको वडानं १ झापुटारकी सिर्जना रानामगरले बताए । गाउँपालिकाले नै कौरा नाच संरक्षणमा चासो देखाएपछि आफूहरुलाई हौसला मिलेको उनको भनाइ थियो । 

‘कौरा नाचको महत्वबारे खासै थाहा थिएन’, उनले भने, ‘गाउँपालिकाले नै प्रतियोगिता गराएपछि अब झनै संरक्षणमा जुट्नुपर्ने रहेछ भन्ने ठानेका छौँ ।’ गाउँघरमा कुनै पनि कार्यक्रम हुँदा आफूहरूले कौरा नाच देखाएर अतिथिलगायत सहभागीलाई मनोरञ्जन दिने गर्दै आएको थापामगरले बताए। 

कौरा नाचको सुरुआत ऋषिङ गाउँपालिकाबाटै भएको किंवदन्ती रहेको ऋषिङ गाउँपालिकाका अगुवा निलबहादुर थापामगरले उल्लेख गरे । विगतमा मगर समुदायमाझ मात्र लोकप्रिय रहेको यो नाच अहिले मुलुकका विभिन्न क्षेत्रको अलावा विदेशमा समेत चर्चित रहेको उनको भनाइ थियो बताए ।

‘कौरा नृत्यको सुरु ऋषिङबाटै भएको भनाइ छ’, थापामगरले भने, ‘यहाँबाट बसाई ‘र्दै काठमाडौँ, पोखरालगायतको स्थानमा जानेले समेत यो नाचलाई विस्तार गरे । स्वदेशमा मात्र नभई हङकङ, सिङ्गापुर, बेलायत, अष्ट्रेलिया, जापानलगायत स्थानमा समेत यो नाचलाई यहाँको मौलिक नाचको रुपमा चिनिदो रहेछ ।’

केही समय पहिले आफू सिङ्गापुर भ्रमणमा जाँदासमेत त्यहाँ कौरा नाच हेर्ने मानिसको बाक्लो जमघट हुने गरेको उनले बताए। ‘सिङ्गापुरमा समेत तालमा ताल मिलाएर कौरा नाचेको देख्दा छक्कै परेँ’, थापामगरले भने, ‘आफ्नै गाउँबाट सुरु भएको नाच सात समुद्र पारी देख्न पाउँदा खुसीको सीमा नै रहेन ।’

पछिल्लो समय गाउँपालिकाले स्थानीयवासीको क्षमता विकास र विभिन्न समुदायको पहिचानलाई उजागर गर्न विभिन्न कार्यक्रम गर्दै आएको गाउँपालिकाका प्रवक्ता विजय दराईले बताए। कौरा नाचको सुरु नै मगर समुदायको बाहुल्यता रहेको ऋषिङ गाउँबाट भएकाले संरक्षणका लागि गाउँपालिका अग्रसर रहेको पालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिए । गाउँपालिकाको पहिचानको रुपमा कौरा नृत्य रहेकाले संरक्षणका लागि आफूहरु अग्रसर रहँदै आएको उनको भनाइ थियो । 

‘गाउँपालिकाबाट गरिने हरेक सार्वजनिक कार्यक्रमको सुरुआत नै कौरा नाचबाटै गरिन्छ’, अध्यक्ष श्रेष्ठले भने, राम्जाकोट र ऋषिङ रानीपोखरी गाउँ छन् । ऋषिङमा हाल करिव २५ हजार जनसङ्ख्या छ । तीमध्ये करिब ६७ प्रतिशत मगर छन् भने बाँकी  ब्राह्मण, क्षेत्री, नेवार, कामी, दमाईसार्कीलगायत छन् ।

कौरा नाचबारे किंवदन्ती

उक्त गाउँपालिकाको अधिकांश स्थानमा ठूला पहाड छन् । विगतमा पानी लिन जाँदा साना कुवामा पालो पर्खिएर घण्टौँ लाइनमा बस्नुपर्ने अवस्था थियो । यसरी मगर गाउँका मानिस कुवामा पानी जम्मा हुने पालो कुरेर बस्नुभन्दा नाचगान गरौँ भन्ने सोचले ‘पानी कुरुवा नाच’ भन्दै ‘कुरुवा नाच’ र कालान्तरमा ‘कौरा नाच’ हुन पुगेको भनाइ छ । 

अर्को भनाइअनुसार पहिले चाडपर्वका बेला जिम्वाल, वा मुखियाको घरमा मगर भेला भई नाचगान गर्ने र भोज खाएर आउने चलन थियो । मगरले जिम्वाल र मुखियाकोमा पुगेपछि ‘कानराह’ अर्थात् ‘हामी आयौँ है’ भन्थे । कानराह पछि अपभ्रम्स हुँदै कौरा भएको भनाइ पनि छ । 

त्यसैगरी अर्को भनाइअनुसार कुरकुरे वैँशका मगर युवा युवती भेला भई नाच्ने र गाउने भएकाले ‘कौडे उमेरका युवायुवती नाच्ने’ भन्दै गर्दा कालान्तरमा ‘कौरा’ हुन पुगेको समेत भन्ने गरिन्छ । 

प्रकाशित मिति : २२ पुस २०७९, शुक्रबार  १ : ११ बजे

आज २०८१ साल मंसिर ३ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल मंसिर ३ गते सोमबार तदनुसार

रक्षा क्षेत्रको विकास गर्न भारतले क्वान्टम प्रविधिमा जोड दिने

काठमाडौं – भारतले रक्षा क्षेत्रको विकासका लागि क्वान्टम प्रविधिमा जोड

खलिस्तानी पृथकतावादी अर्शदीप सिंह क्यानडाबाट पक्राउ

काठमाडौं – खलिस्तानी पृथकतावादी गतिविधिमा संलग्न अर्श दल्ला भन्ने अर्शदीप

सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्न यातायात व्यवसायीको माग

काठमाडौं – देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी

राष्ट्र बैंक वार्षिक प्रतिवेदन : गत आवमा करिब ४७ खर्ब तरलता प्रशोधन

काठमाडौं । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्ष २०८०/८१ को