स्पेनिस ला लिगा : रियल मड्रिडमाथि भिल्लाको जित « Khabarhub

स्पेनिस ला लिगा : रियल मड्रिडमाथि भिल्लाको जित


२४ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा भिल्ला रियलले रियल मड्रिडलाई २-१ गोलले पराजित गरेको छ।

भिल्ला रियलको जितमा एरिमी पिनो र जेरार्ड मोरेनोले एकएक गोल गरेका हुन्। रियल मड्रिडका करिम बेन्जिमाले एक गोल फर्काए पनि जितका लागि पर्याप्त भएन।

पहिलो हाफ गोल रहित बराबरीमा टुंगिएको खेलको दोस्रो हाफमा भिल्ला विजयी भएको हो।

भिल्लाका लागि खेलको ४७ औं मिनेटमा पिनोले पहिलो गोल गरेका थिए। खेलको ६० औं मिनेटमा रियल मड्रिडका बेन्जिमाले पेनाल्टी गोल गर्दै खेल १–१ को बराबरीमा फर्काएका थिए।

खेलको ६३ औं मिनेटमा मोरेनोले गोल गर्दै भिल्लाको जित निश्चित गरेका हुन्। यो जितसँगै भिल्ला रियल पाँचौं स्थानमा उक्लिएको छ। उसले १६ खेलमा २७ अंक जोडेको छ।

शनिबार राति पराजित भएसँगै शीर्ष स्थानमा पुग्ने अवसर गुमाएको रियल ३८ अंक जोडेर दोस्रो स्थानमा कायमै छ।

प्रकाशित मिति : २४ पुस २०७९, आइतबार  ६ : २५ बजे

रसुवा बाढीका ८१ बेवारिसे शव देवघाटमा व्यवस्थापन गरियो (तस्बिरहरू)

चितवन– रसुवामा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका तथा पहिचान खुल्न

भोटेकोशी बाढी : चीनको सीमाक्षेत्रबाट बगेका शव भारतसम्मै पुगे !

काठमाडौं – रसुवामा बाढी आएको पाँच दिनपछि पनि भारतमा लास

बाढीको छ दिनपछि पनि त्रिशूली बजारमा उस्तै छ विनाशको पीडा (तस्बिरहरू)

नुवाकोट- भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीको छ दिनपछि पनि

जब रविसँग बालेनले भने : सुरुङमा फसेकाको उद्धार गर्न नसक्दा तनावमा छु

काठमाडौं- गत बुधबार भोटेकोशीमा आएको भीषण बाढीपछिको उद्धार प्रक्रियामा प्रश्न