एउटा सुपरस्टारको पुनरागमनको आशा | Khabarhub Khabarhub

एउटा सुपरस्टारको पुनरागमनको आशा


२४ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – रियो द जेनरियोको त्यो एक्योरियम। सबैको चासो माइकल फ्लेप्स, केट्टी लेडेक्की, एडम पेट्टी र साहरा जोर्सटममा हुनु स्वाभाविक थियो। महिलाको स्प्रिन्ट फ्रिस्टाइलमा केट क्याम्बेल र ब्रोन्टो क्याम्बेलको सनसनी कस्तो रहने चासो थियो। त्यो मात्र होइन, ब्याकस्ट्रोकमा एबेली सिबोमको दबदबा लामो समय देखि रहेका कारण महिला पौडीमा अस्ट्रेलियालाई बलियो आँकिएको थियो।

रियो ओलम्पिकको पहिलो दिन अनुमान गरिए जस्तै ढङ्गले अघि बढेको थियो। ४ गुणा १ सय मिटर फ्रिस्टाइल रिलेमा अमेरिकालाई पछि छाड्दै अस्ट्रेलियाले स्वर्ण पदक जितेको थियो।

प्रतियोगिता अघि बढ्दै जाँदा सबै कुरा अस्ट्रेलियाको अनुकूल हुन सकेन। क्याम्बेल दिदी बहिनी १ सय मिटर फ्रिस्टाइलको सेमिफाइनल सम्म ठिकै थिए। फाइनलमा पनि आधा दुरी सकिँदा क्याम्बेल दिदी बहिनी नयाँ विश्व कीर्तिमान सहित स्वर्ण पदकका लागि पौडी रहेका देखिन्थे।

दोस्रो ५० मिटरमा उनीहरू यसरी खस्किएकी त्यस स्पर्धामा क्यानडाका १६ बर्सिया किशोरी पेनी ओलीयास्की तथा सिमोन मानुएलले ५२।७२ सेकेन्डमा दुरी तय गर्दै संयुक्त स्वर्ण पदक जिते।

त्यसैबाट नयाँ परिचयको रूपमा मानुएललाई सबैले चिन्न थालेका थिए। पौडीको एकल स्पर्धाका स्वर्ण पदक जितेकी मानुएल त्यस पछि नै जाइन्ट किलरको रूपमा चिन्न थलेकी हुन्। उनको एक पछि अर्को सनसनी कायम रहेको थियो। मानुएलको सनसनी त्यत्तिमा सीमित रहेन। रियो ओलम्पिकमा उनले ५० मिटर फ्रिस्टाइलमा रजत पदक जितिन्। ४ गुणा १ सय मिटर मेड्ली रिलेमा पनि अमेरिका स्वर्ण पदक जित्न सफल भयो।

साहरा जोर्सटमले पहिलो दिनको रिले लिड अफमा ५१.७१ समयमा पौडँदी नयाँ विश्व कीर्तिमान कायम गरेकी थिइन्।

सन् २०१७ मा हंगेरीको बुढापेस्टमा भएको विश्व च्याम्पियनसिपमा अमेरिकाले महिलाको ४ गुणा १ सय मिटर फ्रिस्टाइलमा स्वर्ण पदक जित्दै सानदार सुरुवात गरेको थियो। केलेब ड्रेसेललाई त्यसै विश्व च्याम्पियनसिपले पहिलो पटक विश्वका सुपर स्टारको रूपमा स्थापित गराएको थियो।

मानुएलकै हकमा अर्को महत्त्वपूर्ण परीक्षण १ सय मिटर फ्रिस्टाइल थियो। साहरा जोर्सटमले पहिलो दिनको रिले लिड अफमा ५१.७१ समयमा पौडँदी नयाँ विश्व कीर्तिमान कायम गरेकी थिइन्। सबैको अनुमानलाई गलत साबित गर्दै मानुएलले फाइनलमा जोर्सटमलाई हराएर स्वर्ण पदक जितिन्।

त्यसको १ वर्ष पछि कमनवेल्थ खेलकुदमा अस्ट्रेलियामा महिला फ्रिस्टाइल रिलेमा स्वर्ण पदक जितेको थियो। त्यसै समय देखि केटी क्याम्बेलको सानदार फर्म देखिएको थियो। त्यसै वर्ष भएको पान प्यासिफिक पौडी च्याम्पियनसिपमा पनि मानुएलको अगाडी केम्बल धेरै प्रभावी देखिएकी थिइन्। यो क्रमको निरन्तरता सन् २०१९ मा दक्षिण कोरियामा भएको पौडीको विश्व च्याम्पियनसिपमा पनि देखिएको थियो।

सो विश्व च्याम्पियनसिप अस्ट्रेलियाले फेरी एक पटक ४ गुणा १ सय मिटर फ्रिस्टाइलमा स्वर्ण पदक जित्यो भने ४ गुणा २ सय मिटर फ्रिस्टाइलमा पनि स्वर्ण पदक हात पार्न सफल भयो।

“म हरेक दिन केही न केही सुधार गर्न चाहन्छु। मेले कसैलाई जित्छु या हराउँछु भन्ने महत्त्वपूर्ण होइन। मैले हरेक दिन आफूलाई सुधा गर्नु छ। चाहे त्यो प्रशिक्षणको समय होस या प्रतियोगिताको समय।”

यो क्रम लामो समय रहेन। त्यसै विश्व च्याम्पियनसिपको १ सय मिटर फ्रिस्टाइलमा जोर्सटम र क्याम्बेलको बिचमा स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने अनुमान गरिएको थियो। फाइनलमा मानुएलले अमेरिकी कीर्तिमान सहित स्वर्ण पदक जितेरै छाडिन्।

महिला मेडेली रिलेमा मानुएल सहित सम्पूर्ण अमेरिकी टोलीले उत्कृष्ट प्रदर्शन गरे पछि नयाँ विश्व कीर्तिमान तय भएको थियो। उनले ५० मिटरमा पनि स्वर्ण पदक जितेकी थिइन्।

सोही समयमा चर्चामा रहेकी मानुएलले एउटै कुरामा जोड दिने गरेकी थिइन्, “प्रतियोगिता पदक र नतिजाको दबाब कहिल्यै लिइन” , यसै कुरामा ध्यान दिने मानुएलका अन्य विशेषता पनि थिए। उनकै वाणीहरू संसारका धेरै खेलकर्मीका लागि आदर्श बनेको थिए। “म हरेक दिन केही न केही सुधार गर्न चाहन्छु। मेले कसैलाई जित्छु या हराउँछु भन्ने महत्त्वपूर्ण होइन। मैले हरेक दिन आफूलाई सुधा गर्नु छ। चाहे त्यो प्रशिक्षणको समय होस या प्रतियोगिताको समय।”

मानुएलकै कारण अफ्रिकन अमेरिकी बालीकामा अचानक पौडी प्रतिको मोह जागेको थियो। भित्तामा टाँसिएको उनको तस्बिर हेरेर राती निदाउने र बिहान उठ्ने बित्तिकै पौडी प्रशिक्षणका लागि तयार हुनेको ठुलो जमात नै तयार भएको थियो।

सन् २०२० को सुरुवाती सम्ममा अमेरिकी पौडी टोली भयङ्कर लयमा थियो। सन् २०१९ को विश्व च्याम्पियनसिपमा अमेरिकी पूर्ण टोली सहभागी थिएन। त्यसै वर्ष भएको तीन भिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा अमेरिकाको फरक टोली सहभागी भएको थियो। यी तीन वटै टोलीको छनोट एक वर्ष अगाडी नै भएको थियो।

सन् २०२० को सुरुवातमा भएको प्रो स्विम सिरिजमा भएको प्रदर्शनले अमेरिकी टोली उत्साहित थियो। एकाएक संसारमा कोरोना महामारी बढे पछि यसले संसारका सबै देशलाई धक्का लागी नै हालेको थियो। यस बिचमा अमेरिकाले अझ बढी क्षति व्यहोरेको थियो। अमेरिकाको खेल पनि त्यस समय प्रभावित थियो।

कोभिड महामारीको असर यसरी परेको थियो की , त्यसले अमेरिकाको अन्य क्षेत्रमा असर पार्नु स्वाभाविक नै भई हाल्यो खेलकुदको क्षेत्रलाई पनि नराम्रोसँग गाँजेको थियो। सबै खेलका प्रशिक्षण प्रभावित भए। धेरै खेलका प्रतियोगिता एक वर्ष सरेका थिए। टोकियोमा २०२० मा निर्धारित ओलम्पिक पनि सन् २०२१ का लागि सरेको थियो।

धेरैको आशा छ मानुएलले फेरी पुरानो फर्ममा आफूलाई पाउने छिन्। जुन फर्म अमेरिकी पौडी टोलीका लागि एउटा प्रेरणा बन्ने छ।

यसै बिचमा धेरैको ध्यान मानुएलमा पनि थियो। अमेरिकाको ओलम्पिक छनोट खेल हुँदा त सबै जना आश्चर्यमा परेका थिए। छनोटको क्रममा मानुएलले ओभर ट्रेनिङ सिनड्रोमको आफू शिकरा भएको बताइन्। वास्तविक लयमा नदेखिएका उनी १ सय मिटर फ्रिस्टाइलको फाइनलमा प्रवेश गर्न नै असफल भइन्।

उनका समर्थकका लागि यो दुखको कुरा थियो। केही दिन पछि भएको ५० मिटर फ्रिस्टाइलमा उनी दोस्रो स्थानमा रहँदै ओलम्पिक सहभागिताको अवर पाउन सफल भइन्। टोकियो ओलम्पिकमा मानुएलले महिला ४ गुणा १ सय मिटर फ्रिस्टाइल रिलेको पहिलो चरणमा पौडिएकी थिइन्। अमेरिकी टोली तेस्रो भए पनि पहिलो चरणमा पौडेका कारण मानुएल पनि टोलीले जितेको कांस्य पदकको हकदार भएकी थिइन्।

त्यसको लामो समय पछि उनी यस वर्षको प्रो स्वीम सिरिजको लागि पौडने तयारी गरेकी छन्। उनको फर्मका बारे धेरै जनाले चासो लिएका छन्। उनको फर्म बिग्रिए सँग अमेरिकाले अन्य केही स्पर्धामा समेत अप्ठेरोको महसुस नगरेको होइन। उनी ४ गुणा १ सय मिटर मिश्रित मेड्ली रिलेमा पनि उपयुक्त थिइनन् भने अन्य दुई रिलेमा पनि। उनी लयमा आए अन्य दुई स्पर्धामा अमेरिका फेरी उपाधिको स्वाभाविक हकदार बन्ने छ भने ४ गुणा १ सय मिटर फ्रिस्टाइल रिलेमा पनि अमेरिका प्रतिस्पर्धा गर्न लायक टोली छ।

अहिले अमेरिकामा बब बोउम्यान कहाँ प्रशिक्षण गर्न जानेको लहर चलेको छ। फ्रान्सेली स्टार लीयोन मार्चन्ड त्यहाँ गए पछि यस्तो बेजोड फर्ममा देखिएकी उनले गत विश्व च्याम्पियनसिपमा दुवै व्यक्तिगत मेड्लीका स्पर्धामा स्वर्ण पदक हात पारेका थिए।

सन् २०१९ मा बेजोड फर्ममा रहेर पनि बिचको समयमा लय बिग्रिएकी रेगन स्मिथ अहिले बब बोउम्यानसँग प्रशिक्षण गर्न पुगेकी छन्। उनले यसको प्रभाव केही प्रतियोगितामा देखाइ सकेकी छन्। मानुएल पनि अहिले बोउम्यानसँग प्रशिक्षण गरी रहेकी छन्।

तीनै मानुएलको यस पटकको प्रभाव देखिन धेरै बाँकी छ। धेरैको आशा छ मानुएलले फेरी पुरानो फर्ममा आफूलाई पाउने छिन्। जुन फर्म अमेरिकी पौडी टोलीका लागि एउटा प्रेरणा बन्ने छ।

(श्रोत : स्वीमस्वाम)

 

प्रकाशित मिति : २४ पुस २०७९, आइतबार  ९ : ५२ बजे

१७९ कैदीलाई प्यारोलमा राख्न सिफारिस

काठमाडौं – सङ्घीय प्यारोल बोर्डको बैठकले १७९ जना कैदीलाई प्यारोलमा

इजरायल-हिज्बुल्लाह संघर्ष : सीमा क्षेत्रबाट लाखौं सर्वसाधारण विस्थापित

एजेन्सी – पश्चिम एसियाको इजरायल-लेबनान सीमा क्षेत्रबाट केही दिनभित्रै लाखौं

नेपाल र ओमान बीचको खेल वर्षाले रोकियो

काठमाडौं – आइसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपाल र ओमान

नेपाल प्रहरीका १४३ डीएसपीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं – नेपाल प्रहरीले एकैपटक १४३ प्रहरी नायब उपरीक्षक (डीएसपी)

बालविवाहमा महान्यायाधिवक्ताको निर्देशन – ‘बहुमुद्दा नचलाउनू’

काठमाडौं – महान्यायाधिवक्ता कार्यालयले महिला र पुरुष दुवै जना नाबालक