सार्कलाई अघि बढाउने प्रयत्न भइरहेको छ : परराष्ट्र मन्त्रालय | Khabarhub Khabarhub

सार्कलाई अघि बढाउने प्रयत्न भइरहेको छ : परराष्ट्र मन्त्रालय


२४ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- परराष्ट्र मन्त्रालयले संसदीय समितिलाई दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) लाई अघि बढाउने प्रयत्न भइरहेको जानकारी दिएको छ ।

राष्ट्रियसभा, राष्ट्रिय सरोकार समितिको आजको बैठकमा समिति सदस्यले सार्कका बारेमा राखेका जिज्ञासामा परराष्ट्रमन्त्रालयका सचिव भरतराज पौडेलले नतिजा नदेखिए पनि सार्कलाई अघि बढाउन प्रयास भइरहेको जानकारी दिए ।

उनले बहुपक्षीय र क्षेत्रीय केही पक्षमध्ये सार्क स्थापनाको बडापत्रको परिभाषा तयार गर्दैखेरि आधारभूत सिद्धान्तका रूपमा कुनै पनि विषयमा सबैको सहमति नभएसम्म अघि बढ्न सक्दैन भन्ने प्रावधानले प्रभाव पारेको बताए ।

नेपाल अध्यक्ष राष्ट्र भए पनि आठ वटा सदस्य राष्ट्रमध्ये एउटा मात्र भएको उल्लेख गर्दै उनले भने, “नतिजा नदेखिएकाले त्यो जिज्ञासा उठ्नु स्वाभाविक रहेको छ ।”

सन् १९८४ मा स्थापना भएको सार्कका सदस्य राष्ट्रमा नेपाल, भारत, पाकिस्तान, बङ्गलादेश, माल्दिभ्स्, भूटान, श्रीलङ्का र कान्छो सदस्यका रूपमा अफगानिस्तान रहेका छन् । दक्षिण एशियाली क्षेत्रमा गरिबी निवारण गर्ने प्रमुख उद्देश्यका साथ स्थापना भएको सार्क पछिल्ला वर्षमा प्रभावकारी हुन नसकेको गुनासो उठ्दै आएको छ ।

प्रकाशित मिति : २४ पुस २०७९, आइतबार  ६ : ३० बजे

बहुविवाह गर्ने महिलालाई कारबाहीको माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं– मुलुकी संहितामा रहेको बहुविवाह सम्बन्धी प्रावधान एकपक्षीय भएको भन्दै

राष्ट्रहितलाई केन्द्रमा राखेर भू-राजनीति अवस्थाको विश्लेषण जरुरी : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं– उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रहितलाई केन्द्रमा राखी बढ्दो

ओली भन्छन्- यो वर्ष प्रधानमन्त्री बन्छुजस्तो लाग्दैन

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू यो वर्ष

उत्तरी म्यान्मामा बाढीका कारण दुई हजार घर विस्थापित

एजेन्सी– भारी वर्षाका कारण अय्यारवाडी नदी खतराको संकेतभन्दा माथि बगेपछि

महासमितिबाट पारित दस्तावेज केन्द्रीय समितिमा लगिने

काठमाडौं– नेपाली कांग्रेसले महासमितिबाट पारित गरेको दस्तावेजलाई केन्द्रीय समिति बैठकमा