लौका र बोडीको माला लगाएर नेविसंघको विरोध प्रदर्शन (फोटो फिचर) « Khabarhub

लौका र बोडीको माला लगाएर नेविसंघको विरोध प्रदर्शन (फोटो फिचर)


२२ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतबाट आयात हुने फलफूल तथा तरकारीको विषाधि परीक्षणको काम तत्कालका लागि स्थगन गर्ने सरकारको निर्णयविरुद्ध नेपाल विद्यार्थी संघले प्रदर्शन गरेको छ ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघले जनताको स्वास्थ्यमाथि गम्भीरु खेलबाड गर्ने गरी सरकारले लिएको सो निर्णयविरुद्ध प्रदर्शन गरेको हो ।

विषादी परीक्षण रोकेको विरोधमा नेविसंघका कार्यकर्ताले गलामा लौका, बोडी, सिमीलगायतका तरकारीको माला लगाएर प्रदर्शन गरेका थिए ।

भारतबाट आयात हुने फलफूल तथा तरकारीको विषाधि परीक्षणको काम तत्काल सूरु नगरे सरकारविरुद्ध देशभर आन्दोलन सुरु गर्ने नेविसंघका नेताहरुले चेतावनी दिए ।

राजधानीको प्रदर्शनी मार्गमा भएको विरोध प्रदर्शनमा ‘विषाधियुक्त फलफूल तथा तरकारी खुवाउन पाईदैन भन्दै नाराबाजी गरेका थिए ।

जनतालाई विष खुवाउने निर्णय सरकारबाटै आएकाले त्यसको विरोधमा आन्दोलन गर्नु परेको नेविसंघका निवर्तमान महामन्त्री कुन्दनराज काफ्लेले बताए । उनले सरकारले भारतबाट आयात हुने फलफूल तथा तरकारीको विषादी परीक्षण सुरु नगरेसम्म सरकारविरुद्धको आन्दोलन जारी राख्ने चेतावनी दिए ।

नेविसंघले सरकारको सो निर्णयको विरोधमा सोमबारबाट सबै जिल्लाहरुमा आन्दोलन गर्ने तयारी पनि गरेको छ । भारत तथा तेस्रो मुलुकबाट नेपालमा आयात हुने फलफूल तथा तरकारीको विषादीको परीक्षण तत्कालका लागि स्थगन गर्ने सरकारको निर्णयको चौतर्फी विरोध भइरहेको छ ।

प्रकाशित मिति : २२ असार २०७६, आइतबार  ३ : ४७ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र