गण्डकी : एकीकृत समाजवादीका मनाङेले एमालेलाई समर्थन गर्ने « Khabarhub

गण्डकी : एकीकृत समाजवादीका मनाङेले एमालेलाई समर्थन गर्ने


२५ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

पोखरा– एकीकृत समाजवादीमा प्रवेश गरेका प्रदेश सांसद राजीव गुरुङ (दीपक मनाङे) ले एमाले नेतृत्वको गण्डकी सरकारलाई समर्थन दिने भएका छन् । एमाले संसदीय दलका नेता खगराज अधिकारीले केहिबेरमा मुख्यमन्त्रीको दाबीसहित प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाउने छन् । 

केन्द्रमा एकीकृत समाजवादी प्रतिपक्षमा रहने सम्भावना अधिक छ । तर, गण्डकीमा भने मनाङे सरकारमा जान खोजिरहेका छन् । सरकारमा दाबी पेश गर्न आफू पनि जाने मनाङेले बताए । 

उनले अहिलेको आवश्यकता कम्युनिष्ट सरकार भएको भन्दै वामपन्थीहरू एकैठाउँमा रहनुपर्ने पनि बताए । ‘केन्द्रमा के हुन्छ मलाई मतलब भएन । यहाँ म खगराजलाई भोट हाल्छु,’ उनले भने, ‘अहिले राप्रपाले सहयोग गरे पनि उ निस्किन सक्छ ।

हामी कम्युनिष्ट मिले आफ्नै सरकार बन्छ ।’ राप्रपाले जुनसुकै बेला धोका दिनसक्ने उनको भनाइ छ ।

प्रकाशित मिति : २५ पुस २०७९, सोमबार  २ : ३७ बजे

परराष्ट्रमन्त्री खनालसँग स्विट्जरल्यान्डकी राजदूत मेउलीको शिष्टाचार भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि स्विट्जरल्यान्डकी राजदूत

नेपाली कांग्रेसको सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु शिवाकोटी विजयी

काठमाडौँ – नेपाली कांग्रेसको सहमहामन्त्री पदमा रामहरि खतिवडा र अजयबाबु

सभामुख अर्याल नेपाल फर्किए

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तर व्यवस्थापिका संघ (आईपीयू)

बाढीले बगाएको आरुघाटस्थित पुलमा बेलिब्रिजको आवश्यक सामग्री पुग्यो

काठमाडौं– गोरखा र धादिङ जोड्ने आरुघाटस्थित पुल बुढीगण्डकी नदीको बाढीले

प्रचण्ड रसुवा–भोटेकोशी बाढीका मृतकको घेवामा सहभागी

बेत्रावती–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’