टीकापुर घटनाको न्याय निरुपण नहुन्जेल लडिरहने : अध्यक्ष श्रेष्ठ « Khabarhub

टीकापुर घटनाको न्याय निरुपण नहुन्जेल लडिरहने : अध्यक्ष श्रेष्ठ


२५ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले टीकापुर घटनाको न्याय निरुपण नहुन्जेल आफ्नो पार्टीले लडिरहने बताएकी छन् । प्रतिनिधिसभाको पहिलो बैठकमा सम्बोधन गर्दै श्रेष्ठले टीकापुर घटना बन्द कोठा वा गुफामा नभएर कसले के गर्‍यो भन्ने विषयमा सबैले देखेको बताइन् ।

‘टीकापुर घटना बन्द कोठा वा गुफामा भएको घटना होइन । टीकापुर घटनामा कसले कसलाई मार्‍यो देख्ने आँखाहरू हजारौं छन्,’ उनले भनिन्, टीकापुर घटनाको न्याय निरुपण नहुन्जेलसम्म लडिरहने छौं ।’

उनले टीकापुर घटना सम्बन्धमा सर्वोच्च अदालतले जारी गरेको आदेशअनुसार लाल आयोगको प्रतिवेदन सार्वजनिक हुनुपर्ने पनि माग गरेकी थिइन् । सबै राजनीतिक दलका नेताहरूले चौधरी निर्दोष भएको बताए पनि जेलमा राखिएको भन्दै आपत्ति जनाएकी थिइन् ।

प्रकाशित मिति : २५ पुस २०७९, सोमबार  ४ : ३३ बजे

परराष्ट्रमन्त्री खनालसँग स्विट्जरल्यान्डकी राजदूत मेउलीको शिष्टाचार भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि स्विट्जरल्यान्डकी राजदूत

नेपाली कांग्रेसको सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु शिवाकोटी विजयी

काठमाडौँ – नेपाली कांग्रेसको सहमहामन्त्री पदमा रामहरि खतिवडा र अजयबाबु

सभामुख अर्याल नेपाल फर्किए

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तर व्यवस्थापिका संघ (आईपीयू)

बाढीले बगाएको आरुघाटस्थित पुलमा बेलिब्रिजको आवश्यक सामग्री पुग्यो

काठमाडौं– गोरखा र धादिङ जोड्ने आरुघाटस्थित पुल बुढीगण्डकी नदीको बाढीले

प्रचण्ड रसुवा–भोटेकोशी बाढीका मृतकको घेवामा सहभागी

बेत्रावती–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’