सहमति र सहकार्यको बाटोबाट अघि बढ्नुपर्छ : अध्यक्ष ओली « Khabarhub

सहमति र सहकार्यको बाटोबाट अघि बढ्नुपर्छ : अध्यक्ष ओली


२५ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सहमतिका साथ सहकार्यको बाटोबाट अघि बढ्नुपर्ने आजको आवश्यकता भएको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीको जिज्ञासामा उनले आफूले राष्ट्रिय सहमतिको सरकार गठनका कुरा भने नगरिसकेको स्पष्ट पारे ।

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले निर्वाचनका समयमा आम नागरिकसँग गरेको बाचा पूरा गर्न अविचलितरूपमा निरन्तर काम काम गर्ने बताए ।

उनले भने, “जनमतका आधारमा सरकार बनेको छ, अब धेरै राजनीतिक लडाइँ गर्ने होइन, न्युनतम साझा कार्यक्रम बनाएर सरकारले काम गर्छ, जनमतअनुसार चल्छ ।”

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नो दलले देश र जनताप्रतिको जिम्मेवारी पूरा गर्ने विश्वास दिलाए । “विगतमा सदन विघटन भएको पक्षलाई गहन विश्लेषण गरेर मात्र अघि बढनुपर्नेमा त्यो नहुँदा समस्या पैदा हुन्छ कि भन्ने चिन्ता छ”, उनले भने ।

नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले सदनमा सबै राजनीतिक दलले मुलुकका समस्या समाधान गर्नुपर्छ भन्नेमा प्रतिबद्ध रहेको बताए ।

“त्यो प्रतिबद्धता संसद्को सबै ठूलो शक्ति हो । नयाँ राजनीतिक दल संविधानलाई स्वीकार गर्दै लोकतान्त्रिक बाटोबाट संसद्मा आएर लोकतन्त्र र संविधानको प्रशंसा गर्नुभयो”, उनले भने, “त्यो कार्यले संविधान आम नेपाली जनताबीचमा सर्व स्वीकार्य भएको अनुभूति भएको छ ।”

प्रकाशित मिति : २५ पुस २०७९, सोमबार  ६ : ३५ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको