सहमति र सहकार्यको बाटोबाट अघि बढ्नुपर्छ : अध्यक्ष ओली | Khabarhub Khabarhub

सहमति र सहकार्यको बाटोबाट अघि बढ्नुपर्छ : अध्यक्ष ओली


२५ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सहमतिका साथ सहकार्यको बाटोबाट अघि बढ्नुपर्ने आजको आवश्यकता भएको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीको जिज्ञासामा उनले आफूले राष्ट्रिय सहमतिको सरकार गठनका कुरा भने नगरिसकेको स्पष्ट पारे ।

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले निर्वाचनका समयमा आम नागरिकसँग गरेको बाचा पूरा गर्न अविचलितरूपमा निरन्तर काम काम गर्ने बताए ।

उनले भने, “जनमतका आधारमा सरकार बनेको छ, अब धेरै राजनीतिक लडाइँ गर्ने होइन, न्युनतम साझा कार्यक्रम बनाएर सरकारले काम गर्छ, जनमतअनुसार चल्छ ।”

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नो दलले देश र जनताप्रतिको जिम्मेवारी पूरा गर्ने विश्वास दिलाए । “विगतमा सदन विघटन भएको पक्षलाई गहन विश्लेषण गरेर मात्र अघि बढनुपर्नेमा त्यो नहुँदा समस्या पैदा हुन्छ कि भन्ने चिन्ता छ”, उनले भने ।

नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले सदनमा सबै राजनीतिक दलले मुलुकका समस्या समाधान गर्नुपर्छ भन्नेमा प्रतिबद्ध रहेको बताए ।

“त्यो प्रतिबद्धता संसद्को सबै ठूलो शक्ति हो । नयाँ राजनीतिक दल संविधानलाई स्वीकार गर्दै लोकतान्त्रिक बाटोबाट संसद्मा आएर लोकतन्त्र र संविधानको प्रशंसा गर्नुभयो”, उनले भने, “त्यो कार्यले संविधान आम नेपाली जनताबीचमा सर्व स्वीकार्य भएको अनुभूति भएको छ ।”

प्रकाशित मिति : २५ पुस २०७९, सोमबार  ६ : ३५ बजे

नेपालमा सञ्चालन हुने सामाजिक सञ्जाल कानुनी दायरामा आउनुपर्छ : प्रधानमन्त्री

ललितपुर– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा सञ्चालन हुने सबै सामाजिक

मनोहरा सुकुम्बासी बस्तीमा महानगरले चलायो डोजर (तस्बिरहरू)

काठमाडौं– काठमाडौं महानगरपालिकाले मनोहरा खोला किनारको सुकुम्बासी बस्तीमा बनेका घरहरू

कांग्रेस सबै जातजाति, भाषाभाषी एवं हरेक क्षेत्रका नागरिकको विश्वासको केन्द्र : देउवा

पाटन– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस

पकेट क्षेत्रमा आलु उत्पादन घट्यो

म्याग्दी– आलु उत्पादनको पकेट क्षेत्र म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ नाँगी, राम्चे,

विकास समस्या समाधान समितिको बैठक : अर्थतन्त्र चलायमान गर्न ‘बिग पुस’ गर्नुपर्ने

काठमाडौं- मन्त्रालयस्तरको विकास समितिको बैठकमा अर्थतन्त्रलाई चलायमान बनाउन थप काम