मधेस प्रदेश : जसपा संसदीय दलको नेतामा यादव सर्वसम्मत « Khabarhub

मधेस प्रदेश : जसपा संसदीय दलको नेतामा यादव सर्वसम्मत


२५ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

सप्तरी – जनता समाजवादी पार्टी (जसपा) मधेस प्रदेश संसदीय दलको नेतामा सरोजकुमार यादव सर्वसम्मत निर्वाचित भएका छन् । मधेस प्रदेश सरकारको प्रमुख दाबेदार मानिएको जसपा प्रदेशसभा संसदीय दलको नेताका लागि उम्मेदवारी दिएका मुख्यमन्त्री लालबाबु राउतले सहमति जनाएपछि यादव सर्वसम्मत रुपमा निर्वाचित भएको निर्वाचन समितिका संयोजक लालकिशोर यादवले जानकारी दिए।

यसअघि पटकपटकको छलफलपछि पनि सहमति हुन नसकेपछि निर्वाचन समितिले निर्वाचनको प्रक्रिया सुरु गरिसकेको थियो । आज बिहान ९ देखि ११ बजेसम्म मनोनयन दर्ता गर्ने समयमा मुख्यमन्त्री राउत र प्रदेशसभाका निवर्तमान सभामुख यादवको उम्मेदवारी दर्ता भए पनि अन्त्यमा यादवको नाममा सहमति भएको हो ।

योसँगै सत्ता गठबन्धनमा भएको सहमतिअनुसार यादव मधेस प्रदेशको मुख्यमन्त्री बन्ने करिब पक्का भएको छ । मधेस प्रदेशमा जसपा र जनमत पार्टीले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको जनाइएको छ ।

प्रकाशित मिति : २५ पुस २०७९, सोमबार  १० : ०८ बजे

देवघाटको झोलुङ्गे पुलमा मोटरसाइकल सञ्चालनमा रोक

तनहुँ – तनहुँको देवघाट गाउँपालिका–५ र भरतपुर महानगरपालिका जोड्ने त्रिशुली

एमाले महाधिवेशनमा ओलीलाई ईश्वरको चुनौती, नेतृत्वका लागि आज मतदान

काठमाडौं – नेकपा (एमाले) ११ औँ राष्ट्रिय महाधिवेशनमा आज नयाँ

निर्वाचन ७९ दिन बाँकीः समानुपातिकतर्फ १४ राजनीतिक दल सहभागी नहुने

काठमाडौं – नेपालको संविधानले मिश्रित निर्वाचन प्रणाली अङ्गीकार गरेको छ

अमेरिकी डलर अहिलेसम्मकै उच्च बिन्दुमा : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस १ गते मंगलबार तदनुसार