मलेसियामा नेपाली श्रमिक कुट्ने रोजगारदाता पक्राउ, ६ जना नेपाली स्वदेश फर्किँदै « Khabarhub

मलेसियामा नेपाली श्रमिक कुट्ने रोजगारदाता पक्राउ, ६ जना नेपाली स्वदेश फर्किँदै


२६ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

दोहा – मलेसियामा नेपाली श्रमिकलाई कुटपिट गर्ने होङ्गे इन्टरप्राइजेजका सम्बन्धित व्यक्ति पक्राउ परेका छन्।

नेपाली श्रमिकलाई कुटपिट गरेपछि श्रमिकका तर्फबाट प्रहरीमा उजुरी गरिएको र हाल ती पीडकलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ।

सो कम्पनीमा काम गर्न गत सेप्टेम्बरमा पुगेका २८ जना नेपाली र कम्पनीका व्यक्तिबिच भनाभन र कुटपिट भएको थियो। सो घटनापश्चात् कम्पनीले ती नेपालीलाई त्यहाँबाट अन्यत्रै राखेको थियो।

सोही विषयमा गत जनवरी ४ मा दूतावासमा भएको छलफल पश्चात् स्वदेश फर्किन चाहने नेपालीलाई तत्काल नेपाल फर्काउन र काम जारी राख्न चाहनेलाई काममा फर्काउने सहमति भएको थियो।

सो अनुरूप ९ जना नेपाली काममा फर्केको, ७ जना बुधबार नेपाल फर्किने र बाँकीले स्वदेश फर्किने वा काममा पुनः जाने भन्ने विषयमा निर्णय गर्न बाँकी रहेको दूतावासले जनाएको छ।

यसैबीच मलेसियाको प्लान्टेशन क्षेत्रमा काम गर्ने गरी पिआरएस फरेस्ट म्यानेजमेण्ट कम्पनीमा काम गर्न गएका १३ जना नेपाली अलपत्र परेकोमा उनीहरुलाई नेपाल फर्काउन कम्पनी सहमत भएको छ।

उनीहरुमध्ये ६ जना आज नेपाल फर्किँदै छन् भने बाँकी व्यक्ति जनवरी १३ मा नेपाल फर्किने दूतावासले जनाएको छ। उनीहरु नेपाल नफर्किँदासम्म खानबस्ने व्यवस्था गरिएको पनि दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

मलेसियामा नेपाली नागरिकहरु अलपत्र परेको भन्ने विभिन्न सञ्चार माध्यम तथा विभिन्न सामाजिक सञ्जालमा प्रकाशित समाचारहरूप्रति दूतावासको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

साथै मलेसियामा रहेका नेपाली कामदार नागरिकहरुका हकहित संरक्षणका निम्ति नेपाली राजदूतावास सदैव तम्तयार रहेको हुँदा यस किसिमका कुनै पनि घटनाको बारे मिडियाले समाचार सम्प्रेषण गर्दा दूतावासलाई समेत सम्पर्क गरी सम्पूर्ण तथ्यहरु यकिन गरी मात्रै सम्प्रेषण गरिदिन दूतावासले अनुरोध गरेको छ।

प्रकाशित मिति : २६ पुस २०७९, मंगलबार  ७ : ४५ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५