तरकारी र फलफूलको आजको मूल्य « Khabarhub

तरकारी र फलफूलको आजको मूल्य


२७ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बुधबार रातो आलु ३८ रुपैयाँ प्रतिकेजी पर्दछ भने नेपाली गोलभेँडा ठूलो ४० रुपैयाँ प्रतिकेजी रहेको छ। यो समितिले दिएको न्यूनतम मूल्य हो।

यसैगरी सुन्तला १०० रुपैयाँ, कालो अंगुर र अनार ३०० रुपैयाँ प्रतिकेजी रहेको छ। साथै, हरियो अंगुर १८०, अम्बा १००, आभोकाडो ३००, किवि २०० प्रतिकेजी र केरा १२० रुपैयाँ दर्जन रहेको छ।

कन्य च्याउ प्रतिकेजी १४० रुपैयाँ रहेको छ भने डल्ले च्याउ ३०० रुपैयाँ रहेको छ। ब्रोकाउली ६० रुपैयाँ, काउली स्थानीय ४० रुपैयाँ, रातो बन्दा ७० रुपैयाँ, तोरी साग ४० रुपैयाँ, रातो मुला ४० रुपैयाँ रहेको छ।

तामा ९० रुपैयाँ प्रतिकेजीमा पाइन्छ। राजमा घिउ सिमी ९०, तिते करेला १२० रुपैयाँ, प्याज हरियो ७० रुपैयाँ, सुकेको प्याज ४४, भिण्डी ९० रुपैयाँ, लौका ६० रुपैयाँ,  गुन्द्रुक २५० रुपैयाँ, नेपाली सुकेको लसुन ९० रुपैयाँ, हरियो धनियाँ ८० रुपैयाँ र कागती ९० रुपैयाँ प्रतिकेजी रहेको छ।

प्रकाशित मिति : २७ पुस २०७९, बुधबार  ११ : ०० बजे

चार देशमा प्रस्तावित राजदूतको संसदीय सुनुवाइ हुँदै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेको संसदीय सुनुवाइ समितिको बैठक आज

विश्वासको शिर कहिल्यै झुक्ने छैन : कांग्रेस उपसभापति भण्डारी

काठमाडौंँ– नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति डा. चन्द्रकान्त भण्डारीले आफूलाई विश्वास

कांग्रेस सहमहामन्त्रीमा खतिवडा र सिवाकोटी अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री खुलातर्फको मतगणना जारी रहेको

तनहुँको आँबुखैरेनीमा ४५ रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती

तनहुँ– दसैँको रौनकसँगै तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूल यानचोकका बारी

सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले सेती प्रादेशिक अस्पतालका लागि २५ करोड